मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • बर्ग बिहिन समाज।।

बर्ग बिहिन समाज।।

  • शुक्रबार, फाल्गुन २७, २०७८
बर्ग बिहिन समाज।।

डाडु र पनिया चलाउन सक्ने हातले,
सकेत कलम चलाउन पनि।
कुचो र कोदाली चलाउन सक्ने हातले,
सक्नेछन् पुरुष प्रधान समाज जलाउन पनि।।

घरको चौघेरा ननाङ्ने नारीले,
सकेत संसार देख्न पनि।
कपडा धुने र भाडा माझ्न सक्ने हातले,
सक्नेछन् समानताको पक्षमा संबिधान लेख्न पनि।।

जे भन्दा पनि सहमतिमा आउनेले,
सकेत बिभेदको बिरुद्दमा आवाजहरु उठाउन पनि।
भारी बोक्ने र घरको थिचोमिचो सहन सक्नेले,
सक्नेछन् अन्यायको बिरुद्दमा पिडितहरु जुटाउन पनि।।

बच्चा जन्माउने मेसिन मात्र बनाइएकाहरुले,
सकेत बन्दुक उठाउन पनि।
मेलापात र पधेरा गर्न सक्नेहरुले,
सक्नेछन् अध्यारोमा बस्ने बानी छुटाउन पनि।।

दिनहु घाँस काट्न सक्ने हातहरुले,
सकेत हवाइजहाज चलाउन पनि।
खेतबारी,फुलबारी हराबरा बनाउन सक्ने नारीले,
सक्नेछन् समाज बिकासलाइ फुलाउन फलाउन पनि।।

घुम्टीहरु पारी दुष्मनले चट्टान बर्साउदा,
सकेत कति नारी जोगिन पनि।
शोषित बर्गको मुक्तिको निम्ति,
सक्नेछन् बर्ग बिहिन समाजको लडाइमा होमिन पनि।।

चर्चामा

सम्बन्धित समाचार