मङ्लबार, बैशाख १८, २०८१

गजल!

  • शुक्रबार, फाल्गुन २७, २०७८
गजल!

समस्याले पनि त सधै भरी दिकदार गरायो,
निरोगीलाई समेत आज झनै बिमार गरायो।

यिनै समस्याको चौघेराभित्र ज्युँनुपर्छ मान्छे,
त्यसैले त अकालमा काल सँग प्यार गरायो।

कहावतछ दुई दिनको जिन्दगी भन्ने तरपनि,
आउँने ज्वाहारभाटाले ठुलो आकार गरायो।

मानिसका हात र खुट्टा चल्दा चल्दै गए हुन्छ,
असाय भएपछि अर्कालाई समेत भार गरायो।

बुजुर्गले भन्छन छोरा जन्मिए बुढेसकाललाई,
आफ्नोलागी जीवन धान्ने उस्ले आधार गरायो।

अब औलाद श्रवणकुमार जस्ता जन्मिन छाडे,
पुँजिवादले छोरा छोरी पनि पुंजिनुसार गरायो।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार