शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा मोटरसाइकलको ठक्करबाट बालिका घाइते

बाजुरामा मोटरसाइकलको ठक्करबाट बालिका घाइते

  • बिहिबार, फाल्गुन २६, २०७८
बाजुरामा मोटरसाइकलको ठक्करबाट बालिका घाइते

बाजुरा– बाजुरा सदरमुकाम क्पाम्पस रोडमा माेटर साइकलकाे ठक्करबाट एक बालिका घाइते भएकी छन् । बिहिबार करिव ६ बजेतिर क्याम्पस रोड नजिकै छेउ सडकमा खेल्दै गरेकी बडिमालिका नगरपालिका वडा न. ८ का हिक्मत रावलकी ६ बर्षिया छोरी सम्झना रावल रहेकी छन् । सदरमुकाम मार्तडी देखि कोल्टी जादै गरेको सु .प प्र ००८ प . ७५४६ नम्मर प्लेटको महेन्द्र शाहको मोटरसाइकलले ठक्कर दिदा उनि घाइते भएकी हुन । घाइते बालिकाको बायाँ आँखा र कम्मरमा चोट लागेको छ । उनको जिल्ला अस्पताल बाजुरामा उपचार सम्भब नहुँदा नेपालगञ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मोटरसाइकल सहित चालक लाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक धन्देव साँउदले बताएका छन् । उनका अनुसार मोटरसाइकलमा पछाडी सवार एक जनालाई पनि सामान्य चोट लागेको र चालकलाई भने केही नभएको बताइए ।

चर्चामा

सम्बन्धित समाचार