शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • देशभक्तहरूको एकता अपरिहार्यछ!

देशभक्तहरूको एकता अपरिहार्यछ!

  • बिहिबार, फाल्गुन २६, २०७८
देशभक्तहरूको एकता अपरिहार्यछ!

सुरेशकुमार पान्डे — अहिले लाखौं लाख ब्याक्तिहरूले युक्रेन र रूसको युद्धलाई रोक्न अपिल गरेकाछन।
अहिलेसम्म रूस र युक्रेनको धेरै ज्यान धनको हानी भएकोछ रूसले धेरैजसो युक्रेनको सहरहरूलाई ध्वस्त पारिसकेकोछ।अमेरिकाले युद्धलाई झन मलजल दिनेकाम गरेकोछ भैनभनेर अहिले ट्रम्पले भन्छन रूसमा आफ्नो जहाजमा चीनको झण्डा लगाएर बम खसाल्नुपर्छ ताकी चीनलाई बद्नाम गर्न सकियोस।
अमेरिकी साम्राज्यबादले आफु सधैभरी संसारको महांशक्ती बनिरहनको लागी जे पनि गर्न तैयारछ यँहातक की चीन जस्तो नव साम्राज्यबादी मुलुकलाई रोक्न यस्तो झुठको सहारा सम्मलिन पछिपर्दैन।हाम्रो लागी चीन र भारत बराबर छिमेकी देशहुँन जस्ले हाम्रो नराम्रो सोंच्दैन त्यो हाम्रोलागी सच्चा छिमेकी मित्रहो।उनिहरूको बिचमा जस्तो सुकै सम्बन्ध रहेपनी हामिहरूकाली दुबै छिमेकी हुंन।
तर अमरिकाको ब्यबहारले देखाउंदै आएकोछ साम्राज्यबादी देशहरूले जे पनि गर्न सक्छन अहिले रूस र युक्रेनका जनता मात्र होइन अन्य देशमा पनि खौफ सिर्जित भएकोछ।
अहिलेको परिस्थिती तेस्रो विस्वयुद्ध हुने सम्भावना देखिन्छ।यदी रूसको र चीनको बिरूद्धमा अमेरिकाको यहि ब्यबहार रह्यो भने चीन पनि अगाडी बढ्न सक्छ त्यो वेला तेस्रो विस्वयुद्ध हुंनबाट कसैले पनि रोक्न सक्नेछैन।अमेरिकी साम्राज्यबादले त्यो बहाना खोज्दैछ उस्ले तेस्रो विस्वयुद्धका लागि आधार बनाउँदै आएकोछ।
अमेरिकी साम्राज्यबादले विस्वयुद्धको लागि युक्रेनलाई उक्साउँदै आएकोछ युक्रेनी जनताहरूमा खौफ सिर्जित भएकोछ त्यँहा धेरै मानिसहरू हताहत भएकाछन र मारिएकाछन त्यसको लेखाजोखानै छैन।यो अबस्थामा युक्रेनमा रहेका नेपालीहरूलाई त्यँहाबाट देशमा ल्याउँनु पर्ने सरकारको दायित्वहुन्छ तर त्यो दिशा तर्फ नेपाल सरकार उदासिन देखिन्छ भारतले आफ्ना नागरिकहरूलाई त्यँहाबाट ल्याई सकेकोछ।तर नेपालले कुनैपनि पहल गर्नुको साटो आफै साम्राज्यबादीका दलाल भनेर आफ्ना नागरिकहरू मारिएको रम्मिता हेर्दैछ।हामी नेपालीहरूको खोज तलास गर्ने कस्लेहो?यो प्रश्न अनुउत्तरछ, नेपालीहरू वेबारिस भएकाछन।
जुनसुकै देशमा लडाई भएपनि जोखिममा परेका हाम्रै शन्तान हुन्छन।देशमा रोजगार नभएपछि आर्काको देशमा गएर जीवनयापन गर्ने श्रमजीवीहरूको बाध्यतानैहो।अहिले युक्रेनमा दर्दनाक अबस्थाछ।यो जोखिम बाट भारतियलाई भारतको सरकारले मुक्त गर्दै आफ्ना नागरीकलाई शुरक्षित आफ्नो देशभित्र ल्याएकोछ तर नेपालले कहिले भारतलाई लेइदिन भन्छ कहिले मौन रहेर तमासा हेर्छ अनि नागरिकहरू मर्ने बाटो हेरेर बसेकोछ।यो सरकारलाई आफ्ना नागरिकको कुनैपनि मतलवछैन बरू अमेरिकी साम्राज्यबादको दलालिमा मख्खैछ।
हाम्रो देशमा गणतन्त्र आए देखी देशको शुरक्षा होला जनताले आफ्नै देशमा झिनो मसिनो रोजगार पाउलान भन्ने आस जनताको पलाएको थियो तर आलोपालो सरकारमा आएका कथित गणतन्त्रबादीहरूले झन देशलाईनै अमेरिकी साम्राज्यबादको सामु धितो राखेर कमिसन खानेकाम गर्दा कुन नागरिकको मुटु पिरो भएनहोला?अहिले सारा देश आक्रोशित भएकोछ।देशका जनताले एमसीसीको बिरोधमा सडक तताएकाछन मुठ्ठीभर नेताहरूले अमेरिकी साम्राज्यबादको गीतमा नाचेकाछन संसदमा अनि देशमा गणतन्त्रीक ब्यबस्थाछ भनेर आकास तिर थुक्छन।
आफ्नो देशलाई सिरिया युक्रेन र अफगान बनाउँन तल्लीन भएकाछन।नेपाली कांग्रेस र एकिकृत माओबादीले गर्दा आज देशको यो दुरागती भएकोछ त्यो मात्रहोइन आउँने दिनहरूमा देशभित्र कस्तोखाले समस्य उब्जिनेहो त्यसबारे हामीले भन्नगारोछ।ब्याख्यात्मक रूपमा लागुहुँने गरि एम सीसी पारीत गरेको भन्दै जनतालाई झुठ बोल्दै हिंड्ने नेताहरूलाई आगामी चुनावमा जनताले सबक सिकाउँनुपर्छ।अहिले युक्रेनलाई जुन नरसंहारको सामाना गर्नुपरेकोछ त्यो पनि साम्राज्यबादी मुलुकहरूको कारणलेनैहो।भोलिका दिनमा त्यो अबस्था हाम्रो देशमा आउँन नदिन देशभक्तहरू एकजुट हुँनैपर्नेछ।देशभक्तहरूको एकताले मात्र देश शुरक्षित रहनसक्छ।
इण्डो फैसिफ्कि रणनीतिले हाम्रो देश नयाँ चुनौतीलाई झेल्नुपर्ने भएकोछ।एउटा असलंगन परराष्ट्रनीति अगाल्दै आएको देशका लागि यो चुनौती भने आतमाघातीनै साबित हुने देखिन्छ।सानो र थोरै जन संख्या भएको भूपरिबेष्ठिक देशलाईलाई कुनैपनि देशले मद्त गरेनन् भने देशको हालत अत्यान्तै पृथक हुनेछ।हाम्रो जस्तो भूपरिबेष्ठित देशले पाउँने नैंसंगिक अधिकार अहिले अघोषित रूपमा कटौती भएपनि घोषित रूपमा भएकोछैन तर भबिस्यमा त्यो हाम्रो अधिकार घोषितरूपमै खोसिन सक्छ र देशले कुनैपनि तेस्रो देश सँग आयात तथा निर्यात गर्न अपठ्यारो पर्नेकुरा प्रष्कैछ।अहिलेको यो साम्राज्यबादको बरबरताले उब्जाएका उपरोक्त बिषयलाई हामिले समय छंदै गम्भिर रूपमा लिन सकेनौभने हाम्रो भबिस्यपनि अहिलेको युक्रेनको जस्तो हुनसक्छ।त्यैसैले यि दलाल नेताहरूको शड्यन्त्रलाई बुझेर समयमै एमसीसी जस्तो राष्ट्रघाती सम्झौतालाई खारेज गरौं र संगसँगै संघियतालाई पनि खारेज गरेर देशलाई आत्मनिरभर भनाउँन सबै नागरिकले प्रयास गरौं देशलाई युक्रेनको जस्तो हुनबाट जोगाउँन आजैबाट सम्पुर्ण देशभक्तहरूले हातेमालो गरेर अगाडी बढ्नुपर्छ।

चर्चामा

सम्बन्धित समाचार