बिहिबार, जेष्ठ ५, २०७९
  • होमपेज
  • राजनीति
  • नेपाल बारको अध्यक्षमा ८ र महासचिवमा ६ जनाको उम्मेदवारी

नेपाल बारको अध्यक्षमा ८ र महासचिवमा ६ जनाको उम्मेदवारी

  • बिहिबार, फाल्गुन २६, २०७८
नेपाल बारको अध्यक्षमा ८ र महासचिवमा ६ जनाको उम्मेदवारी

नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि अध्यक्षमा आठ जनाले उम्मेदवारी दिएका छन्।

अध्यक्षका लागि वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी, वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैँजु श्रेष्ठ, अधिवक्ता उद्धवचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अनिता जधारी, कमलप्रसाद मलेंगो र पृथ्वीनाथ राईले उम्मेदवारी दिएका हुन्।

प्रमुख निर्वाचन अधिकृत उषा मल्ल पाठकले अध्यक्षमा ८ जनाको उम्मेदवारी परेको जानकारी दिइन्।

यस्तै महासचिवमा छ जनाले उम्मेदवारी दिएका छन्।

महासचिवमा राधेश्याम सुवास, केदारप्रसाद कोइराला, त्रिलोकबहादुर चन्द, उमेश प्रसाद, अञ्जिता खनाल र इन्द्रबहादुर अधिकारीले उम्मेदवारी दिएका हुन्।

कोषाध्यक्षमा जगतबहादुर कार्की र गोविन्दराज उपाध्यायले उम्मेदवारी दिएका छन्।

आगामी चैत १९ गते हुने निर्वाचनका लागि २५ पदमा ७५ जनाको उम्मेदवारी परेको छ। रासस

चर्चामा

सम्बन्धित समाचार