शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • भलिबल
  • भलिबल प्रतियोगिताको फाइनल खेलमा विवाद, स्थानीय घाइते

भलिबल प्रतियोगिताको फाइनल खेलमा विवाद, स्थानीय घाइते

  • बुधबार, फाल्गुन २५, २०७८
भलिबल प्रतियोगिताको फाइनल खेलमा विवाद, स्थानीय घाइते

धनगढी — मुगुमा जारी जिल्ला स्तरीय भलिबल प्रतियोगिताको फाइनल खेल चलिरहँदा दुई समूहको विवाद पछि झडप भएको छ। उक्त झड्पबाट केही स्थानीयहरू घाइते समेत भएका छन्। जिल्ला खेलकुद विकास समिति मुगुको आयोजनामा बुधबार बिहान जारी जिल्ला स्तरीय पुरुष खुल्ला भलिबलको फाईनल खेलमा दुई समूहबीच झड्प भएको हो।

बुधबार भएको फाइनल खेलमा जिल्ला प्रहरी कार्यालय मुगु र महाकाली माध्यामिक विद्यालयको टीमबीच प्रतिस्पर्दा भईरहेको समयमा बिहान साढे ९ बजे झडप भएको हो। आयोजकका अनुसार खेल प्रधिस्पर्धात्मक भइरहेका दुवै समूहका समर्थनले हुटिङ गरेर रमाइलो लिइरहेका थिए भने खेलमा दुई सेट प्रहरीले र एक सेट विद्यालयले जितेसँगै खेल थप रोचक बनेको थियो।

त्यस्तै, फाइनलका लागि भएको भलिबल खेल चौथो सेटको अन्तिममा हुँदै गर्दा आ–आफना समथर्कले चर्को आवाज निकालेर हाईहाई गरिरहँदा प्रहरीको समूहले स्थानीयले माटो उडाएको निहुँमा स्थानीयमाथि हातपात गरेपछि विवाद उत्पन्न भएको जनाइएको छ। उक्त सामान्य विवादले चर्को रूप लिएपछि प्रहरी र स्थानियबीच झड्प हुँदा केही स्थानीय सामान्य घाइते भएका उनीहरूको जिल्ला अस्पताल मुगुमा उपचार भइरहको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए। प्रजिअ महतका अनुसार हाल खेल विवादको समस्या समाधान भइसकेको छ भने खेल स्थगित भएको छ।

साथै भलिबल फागुन २३ गतेबाट शुरू भएको थियो।दिनेशखबरबाट । 

चर्चामा

सम्बन्धित समाचार