शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • ढम्कनेकाे सरस्वती बिद्यालयका १ सय ६५ बिद्यार्थीलाई न्यानो लुगा सहयोग

ढम्कनेकाे सरस्वती बिद्यालयका १ सय ६५ बिद्यार्थीलाई न्यानो लुगा सहयोग

  • बुधबार, फाल्गुन २५, २०७८
ढम्कनेकाे सरस्वती बिद्यालयका १ सय ६५ बिद्यार्थीलाई न्यानो लुगा सहयोग

जँग रावल–बडिमालिका नगरपालिका ९ मा रहेको सरस्वती आधारभुक्त बिद्यालयका चिसो प्रभाबित बिद्यार्थीलाई न्यानो लुगा बितरण गरिएको छ । बिद्यालयमा रहेका १ सय ६५ जना बिद्यार्थीलाई जकेट र टोपी सहयोग गरिएको वडा अध्यक्ष धर्मराज पाध्यायले वताएका छन् ।
बडिमालिका खबर लगायतका सञ्चारमाध्यममा चिसो बाट पढाई प्रभाबित समचार प्रकाशित पछि बडिमालिका मिडिया हाउसको समन्वय र Joining Hands For A Change सहयोगमा लुगा सहयोग गरेको हो । बिद्यालयमा अध्यनरत सबै अतिबिपन्न रहेका छन् भने धेरै जनजातिका वालवालिका रहेका छन्, चिसोमा न्यानो लुगा नहुदा नियमित पठनपाठनमा समस्या भएको थियो ।
ढिलो भएपनि न्यानो लुगा पाउदा निकै खुशि भएको धनलाल बहादुर रोकायाले वताएका छन् । समचार प्रकाशित भएपछि बिद्यार्थीलाई सहयोग शुरु गरेको Joining Hands For A Change संस्थाका अध्यक्ष डाबा शेर्पाले वताएका छन् । संस्थाले आगामि दिनमा बिद्यालयमा थप शैक्षिक सुधारका बिभिन्न कार्यक्रम गर्दै जाने उनले वताएका छन् ।
हिउँदाको समयमा चिसो बढेपछि बिद्यार्थीलाई आगो बालेर पढाइ गदै आएको शिक्षक बल बहादुर रोकायाले वताए । मंसिर देखी फागुन सम्म चिसोले समस्या हुन्छ, आगो बालेर भएपनि पढाइ गर्ने गरेको रोकायाले वताए ।
बिद्यार्थीहरु जुत्ता कपडा किन्न सक्दैनन् हिउँ झै तुसारो पर्छ, चिसोले पठनमा पठानमा समस्या हुदै आएको छ । चिसोले रुघाखोकि ज्वरो आउने भएकोले विद्यार्थी को नियमित पढाइ हुन सक्दैन । हातफुट्ने गाला चर्किने समस्या देखिने गर्छ, प्रअ हस्त बहादुर धामिले वताएका छन् । बिद्यालयमा मंसिरको पहिलो सातातिर बाट हिउँपर्ने शुरु हुन्छ, चिसो बढन शुरु भइसकेको छ, जसरि नि पढाउनु त पर्यो आगो बालेर भएपनि पढाउने गरेको धामिले वताए ।
आर्थिक अबस्था कमजोर भएका बिद्यार्थी राम्रो सँग लुगा समेत नलगाएर खालि खुट्टा आउने गरेका छन् । चिसो छल्न न टोपि हुन्छ, न जकेट नै कष्टकर चिसोमा पढाउने गरेको बिद्यालयले जनाएको छ ।
चिसो छल्नलाई विद्यार्थीको लागि टोपि र मोजा आबश्यक रहेको थियो सहयोग पाउँदा निकै सहज भएको बिद्यालय व्यबस्थापन समिति अध्यक्ष राम बहादुर धामिले वताएका छन् । यो बिद्यालयमा हिउँ परेको बेलमा हिउँमै पढाइ हुने गरेको छ । शिक्षा समन्वय इकाइ बाजुराका अनुसार बाजुरामा २ सय ७१ बिद्यालय मध्ये १ सय बिद्यालय हिमाली क्षेत्रमा रहेका छन्, चिसोमा पढनपाठनमा समस्या हुने गरेको वताएको छ ।

चर्चामा

सम्बन्धित समाचार