शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • चुनाव चिह्नमा हरियो रङ स्वीकार्य छैन : ओली

चुनाव चिह्नमा हरियो रङ स्वीकार्य छैन : ओली

  • बुधबार, फाल्गुन २५, २०७८
चुनाव चिह्नमा हरियो रङ स्वीकार्य छैन : ओली

काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको मतपत्रमा दलहरुको चुनाव चिह्न हरियो रङले छपाइ गर्ने निर्वाचन आयोगको निर्णयको विरोध गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले हरियो चिह्न के कारणले राख्ने भनी आयोगलाई प्रश्न गरेका छन् ।

आयोगले सोमबार पठाएको प्रेस विज्ञप्तिमा स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिह्न, विवरण तथा सुरक्षण चिह्नहरु हरियो मसीले छपाइ गर्ने निर्णय भएको उल्लेख गरेको थियो । तर ओलीले उक्त निर्णयको विरोध गर्दै भनेका छन्, ‘हरियो, सरियो हुँदैन ।’ ‘धार्मिक हिसाबले राख्ने हो ? कि के हिसाबले हरियो चिह्न राख्ने ?’ नेपाली कांग्रेसको चुनाव चिह्नतिर इंगित गर्दै ओलीले भने, ‘अथवा कसैको हरियो देखिने चिह्न छ त्यसकारणले राख्ने हो ?’

निर्वाचन आयोगले साँच्चै हरियो राख्ने निर्णय गरेको भए सच्याउनुपर्ने ओलीले बताए ।

के भने एमाले अध्यक्ष ओलीले ?

निर्वाचन आयोगले मतपत्रका चिह्नहरुमा हरियो राख्ने भयो रे । हरियो चिह्न किन राख्ने, के कारणले राख्ने ? निर्वाचन आयोगसँग मैले सोध्न भ्याएको छैन, म अत्यन्त ब्यस्त भइरहेको छु, उहाँहरुसँग सोधुला बुझुँला ।

यदि हो भने कुन हिसाबले राख्ने ? यो धार्मिक हिसाबले राख्ने हो ? अथवा कसैको हरियो देखिने चिह्न छ त्यसकारणले राख्ने हो ? सबैतिर आँखा नदेख्ने, कमजोर आँखा हुनेहरुले देखोस् भनेर हरियो राख्ने हो ?

हरियो राख्ने निर्णय गरेको होइन भने सञ्चार माध्यमले त्रुटि सच्याउनुपर्छ, यदि निर्वाचन आयोगले नै त्यो गरेको हो भने निर्वाचन आयोगले त्रुटि सच्याउनुपर्छ, हरियो सरियो हुँदैन ।अनलाइनखबरबाट ।

चर्चामा

सम्बन्धित समाचार