मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • महिला दिवसको अवसरमा जनदेवीको कविता

महिला दिवसको अवसरमा जनदेवीको कविता

  • मङ्लबार, फाल्गुन २४, २०७८
महिला दिवसको अवसरमा जनदेवीको कविता

जनदेवि बोगटि(वुढा)/पैरवि तथा साझेदारि सहज कर्ता साहस नेपाल बाजुरा

बलत्कार परेकालाइ कहिले आउछ महिला दिवस ।
भुणमा हत्या भएकालाइ कहिले आउँछ महिला दिवस ।।
जसलाइ बेस्या भन्छौ नी भोकै मर्न नुसकेर ।
आफ्नै सरिर बेचेकीलाई कहिले आउँछ महिला दिवस ।।
भुणर्मा हत्या भएकालाई कहिले आउँछ महिला दिवस ।।

घरभित्रै हुन्छन महिला हिँसा विभेद शोषण अनि अत्याचार ।।
अन्याय सहेर बसेकी लाइ कहिले आउँछ महिला दिवस ।।
बलत्कार परेकालाइ कहिले आउछ महिला दिवस ।
भुणमा हत्या भएकालाइ कहिले आउँछ महिला दिवस ।।

मासिक रजस्वला भए सँगै अपवित्र हुन्छन उनी ।
छाउपडीमा सुतेकीलाई कहिले आउछ महिला दिवस ।
बलत्कार परेकालाइ कहिले आउछ महिला दिवस ।
भुणमा हत्या भएकालाइ कहिले आउँछ महिला दिवस ।।

.जवानीमा पोइ मरेर सिन्दु चुरा पोते अनि भाग्य ।
उनको फुटेकीलाइ कहिले आउँछ महिला दिवस।।
दाइजो नल्याएकै निहुँमा चरम यातना सहन नसकेर।
पासो लगाएर मरेकीलाइ कहिले आउँछ महिला दिवस।।

चर्चामा

सम्बन्धित समाचार