बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • समाज
  • ७ महिना देखी थुनिएको कर्णाली, जोखिम कायमै

७ महिना देखी थुनिएको कर्णाली, जोखिम कायमै

  • सोमवार, फाल्गुन २३, २०७८
७ महिना देखी थुनिएको कर्णाली, जोखिम कायमै

बाजुरा–बाजुराको जुड्डीमा कणर्ालीको केही भाग ७ महिना देखी थुनिएको छ । साउनको अन्तिम साता कर्णाली थुनिएका थियो । कर्णाली थुनिएको ७ महिना भइसक्दा पनि त्यसलाई खुलाउने कुनै पहल भएको छैन् । अहिले पनि कर्णाली ३ किलोमिटर जति भाग थुनिएको जगन्नाथ गाउँपालिका रोजगार संयोजक लक्ष्मण जोशीले वताएका छन् ।
स्वामिकार्तिक खापर गाउँपालिका १ रुडि गाउँको तल र छुद्दरी गाउँको नजिकै सुख्खा पहिरो बगेपछि कणर्ालीको केही भाग थुनिएको थियो । भदौ महिनामा ५ किलोमिटर नै थुनिएको थियो, बिस्तारै केहीभाग खुलेपछि ३ किलोमिटरमा भने अहिले पनि पानि थुनिएको जोशीले वताए ।
पहिरो खसेपछि कर्णालीलाइ सागुरो बनाएर केही भाग थुनिएको हो । कर्णालीको केही भाग थुनिएपछि जगन्नाथ गाउँपालिकाले निर्माण गरिरहेको खेलकुद मैदान समेत उच्च जोखिममा रहेको छ । त्यस्तै कर्णाली करिडोरको भाग पनि जोखिममा रहेको छ । जगन्नाथ गाउँपालिका २ मा रहेको जुड्डीको पारी पट्टि स्वामीकार्तिक खापर गाउँपालिका १ को छुद्ररी नजिकैको भिर फुटेर कणर्ाली नदीमा ढुगां, माटो कर्णाली नदी खसेको थियो । जगन्नाथ गाउँपालिकाको केन्द्रको पारि पटि पहिरो बग्न थालेपछि गाउँपालिकाको कार्यलय, प्रहरी चौकी लगायतको बस्ति जोखिममा रहेको जगन्नाथ गाउँपालिकाले जनाएको छ ।
७ महिना सम्म कर्णाली नखोलिनुले अझै उच्च जोखिम रहेको जगन्नाथ गाउँपालिका अध्यक्ष कालि बहादुर शाहिले वताएका छन् । थुनिएको ठाँउमा निकै साधुरो भएर नदि बगिरहेको छ, पहिरो रोकिएको भएपनि थुनिएको नदि भने नघटेको शाहिले वताए । एक्कासी थुनिएको नदि खोलिएमा पनि तलतिरको क्षेत्र निकै जोखिम हुने रहेको छ । पुन पहिरो आएमा कर्णाली पुन थुनिने खतरा पनि उच्च रहेको छ ।
रुडि गाउँको तल बाट यो बर्ष देखी सुख्खा पहिरो आएपनि गाउँको माथि बाट बिगत एक दशक देखी सुख्खा पहिरो आइरहने स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष चिरिञ्जीबि शाहिले वताएका छन् । माथिको पहिरोले सिचाइक कुलो बगाएपछि रुडि बासिले यो बर्ष खेति लगाउन नपाएको अध्यक्ष शाहिले वताए । एकातिर पहिरोको उच्च जोखिममा अर्कोतिर गाउँमा चरम खाद्य संकट पनि उत्पन्न भएको अध्यक्षले वताए । गाउँको तल र माथि बाट पहिरो सुख्खा पहिरो आएपछि स्थानिय बासि त्रसित बनेका छन् ।

चर्चामा

सम्बन्धित समाचार