शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • मुटु, छाला र कपाललाई स्वस्थ राख्न चिया सिड्स

मुटु, छाला र कपाललाई स्वस्थ राख्न चिया सिड्स

  • आइतवार, फाल्गुन २२, २०७८
मुटु, छाला र कपाललाई स्वस्थ राख्न चिया सिड्स

चिया सिड्समा कयौँ किसिमका पोषक तत्व पाइन्छ, जसले आवश्यक पोषक तत्वलाई पुरा गर्छ । फिटनेसका लागि निस्फिक्री रहने मानिसमा चिया सिड्स अपनाउने चलन बढिरहेको छ । यसलाई कुनै चिजमा मिलाएर खाने होस् वा पेयमा समावेश गर्ने, चिया सिड्सलाई लिएर सबै प्रकारका परिक्षण गरिँदैछ । पोषक तत्वले भरपुर यो सानो–सानो बीउले शरीरको कयौं आवश्यकता पूरा गर्छ । चिया सिड्सलाई नियमित भोजनमा समावेश गर्ने फाइदाको बारेमा बताउँछिन् पोषणविद खुशबु शर्मा ।

चिया सिड्सलाई नियमित रुमा समावेश गर्नाले के हुन्छ फाइदा ?
साल्भिया हिस्पानिक नामको बिरुवामा चियाको बीउ पाइन्छ । यो पुदिनाको प्रजातीको एक हिस्सा हो । फाइबर, ओमेगा –३ फ्याटि एसिड र प्रोटिनबाट भरपुर चिया सिड्समा कयौँ पोषक तत्व पाइन्छ । चिया सिड्स एन्टी अक्सिडेन्टले भरपुर हुन्छ र यसले मुटु र पेटलाई स्वस्थ राख्नमा सहयोग गर्छ ।

चिया सिड्सको फाइदा
जर्नल अफ फुड साइन्स एन्ड टेक्नोलोलीको एक रिपोर्टका अनुसार चिया सिड्समा ओमेगा–३ फ्याटी एसिड भरपुर मात्रामा पाइन्छ । यसले चाउरीपना कम गर्न, छालालाई जवान बनाइराख्न, मोटोपना हुन नदिनका लागि सहयोग गर्छ । चिया सिड्समा ४० प्रतिशत फाइबर हुन्छ । अमेरिकन जर्नल अफ मेडिसिनको रिपोर्ट अनुसार अधिक मात्रामा फाइबरको सेवन गर्नाले मुटुको स्वास्थ्य राम्रो हुन्छ । यसबाट मुटुको रोग हुने खतरा कम हुन्छ ।

पोषणको दृष्टिकोणबाट भरपूर
कयौँ पटक समयको कमीका कारण हामी भोजनमा सबै जरुरी तत्व समावेश गर्न पाउँदैनौ । यस्तोमा चिया सिड्सलाई नियमित रुपमा समावेश गर्न सकिन्छ । यो क्यालसियम, म्याग्नेशियम र फोस्फोरसबाट भरपूर हुन्छ, जुन हड्डीको स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

पर्याप्त मात्रामा हुन्छ फाइबर
चिया सिड्सको सेवन यसका लागि पनि जरुरी छ, किनकी यसमा पर्याप्त मात्रामा फाइबर हुन्छ । चिया सिड्स खानाले शरीरमा एमिनो एसिड प्राप्त हुन्छ । यसले खाना पचाउन सहयोग गर्छ ।

क्यान्सरको खतरा कम गर्छ
शरीरका लागि एन्टी अक्सिडेन्ट जरुरी हुन्छ, किनकी यो सेल, प्रोटिन र डिएनएलाई क्षति पु¥याउने फ्रि रेडिकल्ससँग लड्छ । चिया सिड्समा रहेको एन्टी अक्सिसडेन्ट तत्व स्वतन्त्र रेडिकल्सको अलावा छाला, स्वास्थ्य र कपालका लागि राम्रो हुन्छ ।

न्यूट्रिशनल भ्यालू बढाउछ
चिया सिड्सको बिउलाई दही, तरकारीमा हालेर पनि खान सकिन्छ । यसको प्रयोग दही र खिर बनाउन पनि प्रयोग गर्न सकिन्छ । दुधमा रातभरी भिजाइएको बिउ बिहानसम्म नरम हुन्छ र यो दूध पिउनाले स्वास्थ्यका लागि पनि राम्रो हुन्छ । यसलाई पिठोमा हालेर रोटी पकाउन सकिन्छ । चिया सिड्स कत्तिको खाने भन्ने विषयमा डाक्टरको सल्लाह लिनु आवश्यक छ । आवश्यकता भन्दा बढी फाइबर र प्रोटिनको सेवनले स्वास्थ्यमा झनै ठूलो समस्या पैदा गर्न सक्छ ।

चर्चामा

सम्बन्धित समाचार