मङ्लबार, जेष्ठ ८, २०८१

गजल!

  • शनिबार, फाल्गुन २१, २०७८
गजल!

नेताहरू को राष्ट्रघाती ब्यबहार हुन्छ सधै,
सत्ता अनि भत्तासँग मात्रै प्यार हुन्छ सधै।

अहिले निजि स्वार्थमा एम सी सी भित्राए,
यो ब्यबहारले सबैलाई दिक्दार हुन्छ सधै।

छैन देशभक्तको कदर ब्यबस्था गदरभयो,
महंगी भ्रष्टचारले जनतामा भार हुन्छ सधै।

भन्छन वीरथिए बहादुर थिए सन्तान हाम्रै,
तर असमान सम्झौतामा इकरार हुन्छ सधै।

जनताले राष्ट्रियता जनतन्त्रको लागि लडे,
देशभित्र बिदेशीले भने अनुसार हुन्छ सधै।

क्रान्ति संघारमा पुगेर फर्किन्छ साथी याहाँ
अगुवाहरू प्रतिक्रान्तिको आधार हुन्छ सधै।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार