शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडीमालिका ९ को वडा कार्यालयमा स्थानीयद्धारा ताला बन्दी

बडीमालिका ९ को वडा कार्यालयमा स्थानीयद्धारा ताला बन्दी

  • शुक्रबार, फाल्गुन २०, २०७८
बडीमालिका ९ को वडा कार्यालयमा स्थानीयद्धारा ताला बन्दी

बाजुरा — बडीमालिका नगरपालिका वडा नं. ९ को वडा कार्यालयमा स्थानीयले तालावन्दी गरेका छन् ।प्रधानमन्त्री रोजगार छनोटमा वास्तविक गरिवहरुलाई छनोट नगरेको भन्दै बडीमालिका ९ का स्थानीयहरुले वडा कार्यालयमा तालावन्दी गरेका हुन् ।

यस वर्ष बडीमालिका नगरपालिका वडा नं. ९ मा १ सय ३३ जना रोजगार कार्यक्रमका लागि छनोट गरिएका छन् । तिमध्ये जनप्रतिनिधिहरुका आफन्तहरुलाई मात्रै छनोट गरेको स्थानीयले आरोप लगाएका छन् ।

स्थानीयहरुका अनुसार रोजगार छनोटको निणर्य नसच्याईए सम्म वडा कार्यालयको ताला नखोलिने बताएका छन । यस वर्ष रोजगार छनोटमा जनप्रतिनिधिका आफन्तहरु बढी दोहोर्याइएको पाइएको छ । यति सम्मकी रोजगार कार्यक्रममा नेकपा एमालेका वडा कमिटी अध्यक्ष जंग बडुवाल, सचिव रामबहादुर विश्वकर्मा समेत छनोट भएका देखिन्छन् ।

हरेक वर्ष नेपाल सरकारले बेरोजगार युवाहरुलाइ लक्षित गरि प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रम संचालन गर्ने गरेको छ । तर उक्त कार्यक्रममा बेरोजगार युवाहरुलाई छनोट गर्दा वडाका जनप्रतिनिधिहरुले आफ्ना नातेदार र आसेपासेलाई मात्र छनोट गरेको हुँदा वडा कार्यलयमा ताला लगाउन बाध्य भएको स्थानीयले बताएका छन् ।

यता कार्यवाहक बडीमालिका ९ का वडा अध्यक्ष लालचन्द नेपालीले यस वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममा वास्तविक गरिवहरुलाइ मात्रै छनाेट गरेको बताएका छन् । वडा कार्यालयमा तालावन्दी गरेपछि वडाबाट हुनै दैनिक कामकाज प्रभावित बनेको छ ।

चर्चामा

सम्बन्धित समाचार