मङ्लबार, जेष्ठ ८, २०८१

गजल!

  • शुक्रबार, फाल्गुन २०, २०७८
गजल!

जनताको अबस्था सरकारलाई खबर हुँदैन,
देशभक्त र इमानदार जनताको कदर हुँदैन।

यस्तो गैर जिम्मेदार सरकारछ हाम्रो देशमा,
कुनदिन दुश्मनलाई देश बुझाउँछ भर हुँदैन।

दलालीगर्दै बिदेशको,आफ्नै सन्तान मरायो,
हाम्रो पसिनाले पल्यो तर कसैको डर हुँदैन।

आफ्नो देशको मायाँ हुन्छ जनताको मुटुमा,
तरपनि शुरक्षित देशको खोला र बगर हुँदैन।

भ्रष्टचार बढ्छ र महंगी बढ्छ दिनौदिन यँहा,
यो सरकारलाई बिकाशगर्ने कत्ती रहर हुँदैन।

जनतालाई पनि लुटेकैछ राज्यस्वको नाउमा।
बिनादस्तुर जनताको कामगर्ने कुनै कर हुँदैन।

उसैलाई लुट्न कम्मर कस्छन क्रमचारीहरूले,
जस्को आफ्नो मन्त्रीछैन,सम्पत्ती र घर हुँदैन।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार