बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • म बिनाको देश कस्तो होला?

म बिनाको देश कस्तो होला?

  • मङ्लबार, फाल्गुन १७, २०७८
म बिनाको देश कस्तो होला?

सुरेशकुमार पान्डे — अहिले एक एक नागिरको देशलाई खांचोछ ति साम्राज्यबादका दलालहरूको बिरूद्धमा उठ्न देशले गरेको आवहानहो।
हामी जुनसुकै पार्टीका भएपनि सबैभन्दा पहिले देशका सच्चा नागरिक बनौं।देशका सांसदहरू यदि देशको थोरै चिन्ताछ भने एक एक भोट एम सीसीको बिरोधमा हुनुपर्छ।
याद गरे हाम्रा पुर्वजहरूलाई याद गरे एमालेका नेताले पनि प्रेमकुमार धामी,मदन भणँडारी जीवराज आश्रृत र मनमोहन लगायतका देशभक्त नेताहरूको सपना के थियो?गिरिजा प्रसाद कोईराला कृष्णप्रसाद भट्टराई लगायतका नेताहरूको सपना केथियो?यो देशलाई सदियौं देखि असलङ्गन परराष्ट्रनीति अगाल्दै आएका तमाम लिडरहरूले देशको हितका लागि अप्नाएका नीतिहरूको बिरूद्धमा नजाउँ।हामि नेपाली सन्तान एक ढिक्का भएको फेरी एकपटक प्रमाण देउँ।इतिहाशे अब फेरीपनि हाम्रो परिक्षा लिंदैछ।
जुन देशमा अंग्रेज पसेकोछ त्यो देश सबैभन्दा तल खसेकोछ या त त्यसको अस्तित्व रहेन या त्यो नराम्रैगरी फसेकोछ।
प्रत्यक नागरिकले आफ्नो छातिमा हात राखेर एक पटक कल्पना गरौं “म बिनाको देश कस्तो होला?”देशभक्त मरेरपनि कहिले मर्दैन जनताले उस्लाई सदियौं सम्म जीवीत राख्छन र सम्मान गर्छन तर देशका गद्धारहरूलाई संदियौं सम्म गालिगर्छन तिरसकार गर्छन उस्लाई मात्रैहोईन उस्का कयौं पुस्ताले समेत अपमानित हुनुपर्छ याद गरे त्यो काजी लैण्डुप दोर्जेलाई आजपनि संसारमा गद्धार भनेर नभनेको कोहीछैन।
त्यो मात्र एउटा उधारणहो यस्ता कयौं गद्धारहरू भेट्टिन्छन संसारमा जसलाई इतिहाशले सराप्दै आएकाथिए र छन।
यिनै साम्राज्यबादीहरूले हाम्रो देश टुक्राएको घाउ अंझै पुरिएकोछैन।यिनीहरू जँहापनि गए त्यो देश बर्वाद भएकोछ।
हामिले गिठा तरूल खाएर पनि देशको रक्षागर्न सक्छौं नेताहरूले यसरी आफ्नो स्वाभिमानलाई धितो राख्नुभैन।हामिलाई साम्राज्यबादको यो कथित अनुदान चाहिंदैन।बरू हामिले संघियतालाई हटाएर एउटै राजधानी बनाउँ तर रिणमा देशलाई नढेकलौं।
एक एक नागरिकलाई यो देशले आफुलाई जोगाउँन अपिल गरेकोछ त्यसैले सदन र सडकमा पनि देशभक्त जनताहरूले एउटै झण्डा बोकेर देश जोगाउँन कम्मर कसौं।
एम सीसीलाई टेवुल गरिय पछि त्यो पास गर्ने प्रकृयामा गई सकेकोछ।अहिले त्यसलाई संसदको बैठले छलफल गर्ने निर्णय गरिसकेकोछ।अहिले त्यसलाई पारित गर्ने प्रकृयामा गयपछि त्यो उनिहरूले पारित गर्नेछन भन्नेकुरा हामीले बुझिसकेकाछौं।
देशलाई अहिले अमेरिकी एम सीसीलाई साम्राज्यवादका दलालहरूले पारित गरि छड्ने उनिहरूको मनस्थिती बनेकोछ।
पहिले एमसीसीलाई टेवुल नभयको भए हुँनेथियो तर त्यसलाई टेबुल भैसकेपछि त्यसमा छलफल गर्ने निर्णय भैसकेकोछ।
अब एमसीसी लाई कसरी पास गर्ने भन्ने बिषयलाई मात्रै प्राथमिकता दियो भने त्यो पारितहुनेछ।त्यसलाई छलफलमा ल्याईसकेपछी आगामी पुरोग्राम त्यसलाई पारित गर्ने हुनेछ।
त्यसलाई संसदको सामन्यबहुमतले पारित गराउनु भन्दा बरू त्यस्लाई जनमत संग्रह गराएर जानुपर्छ।असलमा त यो एम सीसी आत्मघाती हो त्यसलाई पारित गराउँनु भनेको देशलाई एकप्रकारको रणभुमी बनाउँनेनै हो।
तरपनि अमेरिकाको धेरै दबाव आयो भनेपनि त्यसलाईश जनमत संगह्र गराएपछी देशबाट त्यो खारेज जीहुँन सक्थ्यो।
अहिले त्यसो नगरेर सरकारले जनभावनालाई कुण्ठित गर्यो र एम सीसीलाई टेबुल गय्रो त्यसपछि यसमा छलफलको भित्र जून प्रकृयाउलेकोछ त्यो दुर्भाग्यनै हो।किनकी यो देश सँग जोडिएको मुद्धा भयकोले जनतामा लगेर जनमत लिएको भए बरू ठिक हुँन सक्थ्यो।एम सीसी कुनैपनि हालतमा हाम्रो देशको लागि ठिकछैन अहिले त्यो लागुगरे र पछि पछुतो हुनेछ।किन की एम सीसीले असलंग देशको लागि आफैमा पनि गलतछ तर त्यो शडयन्त्र मूलक रूप बाट आएकोले त्यसले देशको सार्वभोमिकता र अखण्डता माथि ठुलो असर पुराउनेछ।

चर्चामा

सम्बन्धित समाचार