शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • मृतक छोराको यादमा आफ्नो ३३ लिटर दूध दान गरिन् यी महिलाले

मृतक छोराको यादमा आफ्नो ३३ लिटर दूध दान गरिन् यी महिलाले

  • सोमवार, फाल्गुन १६, २०७८
मृतक छोराको यादमा आफ्नो ३३ लिटर दूध दान गरिन् यी महिलाले

आमा बन्नु संसारका लागि सबैभन्दा उत्कृष्ट अनुभव हो आम महिलाका लागि । तर कतिपयका लागि यो चाहना वा प्राथमिकता नपर्न सक्दछ भने कतिपयलाई चाहेर पनि मातृत्वको अनुभवबाट बञ्चित हुनुपर्दछ ।

३५ वर्षकी सारा लाम्प्ले आफ्ना पति र तिनजना छोरासँगै अमेरिकाको एटलान्टामामा बस्दछिन् । उनले चौथो बच्चा जन्माउनका लागि गर्भाधारण गरेकी थिइन् । तर भाग्यले उनलाई साथ दिएन । बच्चा त जन्मियो तर बच्चाको मृत्यु भैसकेको थियो ।

मरेको बच्चा जन्मिएपछि सारालाई पिर नपर्ने कुरै भएन । त्यसपछि उनले आफ्नो मृतक बच्चाको सम्झनालाई अमर बनाउने शानदार उपाय निकालिन् । आफ्नो बच्चालाई स्तनपान गराउन नपाएकी साराले आफ्नो दूध (ब्रेस्टमिल्क) दान गर्ने निर्णय गरिन् ।

जन्मभन्दा अगाडि नै साराले आफ्नो बच्चाको नाम लेजेन्ड राखेकी थिइन् । तर लेजेन्डको जन्मअगाडि नै मृत्यु भयो । डाक्टरहरूले सारालाई बँचाउन सफल भएपनि पेटको बच्चालाई बँचाउन सकेनन् ।

गर्भमै बच्चाको मृत्यु भएर आफूसमेत जटिल शल्यक्रियाबाट गुज्रिएपछि केही स्वास्थ्यलाभ गरेर घर फर्किएकी साराले त्यसपछि दूध दान गर्ने निर्णय गरेकी थिइन् । दूध दानबाट मृतक बच्चाको यादलाई अमर राख्ने र पीडा कम गर्ने उनको चाहना थियो । यसबाट खेर जाने उनको दूधले अरु कसैको बच्चामा प्राण भर्दथ्यो ।

बच्चाको मृत्युको १४ हप्ता हुँदा हालसम्म साराले मदर्स मिल्क बैंक अफ अलाबामालाई २३ लिटर भन्दा धेरै आफ्नो दूध दान गरिसकेकी छिन् । उनले आफ्ना नवजात शिशुलाई गुमाएका महिलाहरुलाई सम्पर्क गरेर दूध दान गर्न प्रोत्साहित गरिरहेकी छिन् । एजेन्सी

चर्चामा

सम्बन्धित समाचार