सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुरामा बन्दको प्रभाव कहाँ कहाँ छ

बाजुरामा बन्दको प्रभाव कहाँ कहाँ छ

  • सोमवार, फाल्गुन १६, २०७८
बाजुरामा बन्दको प्रभाव कहाँ कहाँ छ

बाजुरा — मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले बन्दको आह्वान गरेका छन् । सोही क्रममा बाजुरामा पनि सोमबार बन्दको प्रभाव परेको छ । नेकपा बिप्लव समहुले जिल्लाको रिठाबजार बेतालमाण्डौ बजार लगायतका ठाउँमा बन्दको गराएको छ ।


रिठा बजार र बेतालमाण्डौ बजारमा गरिएको बन्दमा सुरक्षाकर्मी तैनाथ गरिएको भए पनि बिहानै देखी बन्दको प्रभाव परेको जनाएको छ । बन्दको प्रभाव ब्यापारीमा परेको भए पनि धेरै प्रभाव नपरेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक धनदेव साउँदले बताएका छन ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी बैज्ञानीक समाजबादी पार्टी लगायतका पार्टी र मोर्चाहरुले देशभरी बन्दको आह्वान गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार