शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकामा घरमा बच्चा जन्माउने महिलाको संख्या शुन्य

बडिमालिका नगरपालिकामा घरमा बच्चा जन्माउने महिलाको संख्या शुन्य

प्रत्येक गाउँ स्वास्थ्य सेवाको पहुँचमा

  • आइतवार, फाल्गुन १५, २०७८
बडिमालिका नगरपालिकामा घरमा बच्चा जन्माउने महिलाको संख्या शुन्य

बाजुरा–बडिमालिका नगरपालिका ६ कोर्धकि किडी बडुवालले सातौ सन्तान कोर्ध सहरी स्वास्थ्य केन्द्रमा बच्चा जन्माईन् । ६ सन्तान केही घरमै र केही गाउँ बाट टाढा रहेको बुढिगंगा स्वास्थ्य चौकि जडाङ्गामा जन्माईन् । तर गाउँमा स्वास्थ्य केन्द्र स्थापना भएपछि उनले गाउँमा रहेको स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीको सहयोगमा पहिलो पटक सन्तान जन्माईन् ।
किडि जस्तै मिना बडुवालले पनि कोर्ध सहरी स्वास्थ्य केन्द्रमा बच्चा जन्माईन् । किडि, मिना जस्तै बडिमालिका ६ का ३ सय ५० परिवार गाउँमा स्वास्थ्य केन्द्र स्थापना पछि गर्भवती जाँच देखी सुत्केरी सेवा पाइरहेका छन् । गाउँमा स्वास्थ्य केन्द्र स्थापना नहुँदा २ घण्टा बढी समय लगाएर बुढिगंगा स्वास्थ्य चौकिमा सुत्केरी सेवा र गर्भवती जाँच गनुपरेको थियो ।
बुढिगंगा स्वास्थ्य चौकि टाढा भएकाले केहीले घरमै बच्चा जन्माउने, स्वास्थ्य संस्था लिदै गर्दा बाटोमा बच्चा जन्माउनुपर्ने बाध्यता रहदै आएको थियो । धेरै महिलाहरु स्वास्थ्य सेवा बाट बञ्चित हुने गरेका थिए । ३ सय ५० परिवारलाई लक्षित गरेर नगरपालिकाले गाउँमै कोर्ध सहरी स्वास्थ्य संस्था स्थापना गरेपछि गर्भजाँच र सुत्केरी सेवामा सहजता भएको छ । अहिले कोर्ध गाउँमा घरमा कोही पनि बच्चा जन्माउदैनन्, सबै स्वास्थ्य संस्थामा आएर सेवा लिने गरेको कोर्ध सहरी स्वास्थ्य संस्थाका इन्चार्ज बिष्नु बडुवालले वताए । त्यो सँगै अन्य बिरामीलाई ठुलो सहयोग भएको छ । सामान्य सिटामोल लिन २ घण्टा जानुपर्ने बाध्यता समेत टरेको स्थानियले वताएका छन् ।
नगरपालिकाले स्वास्थ्य संस्थापना सँगै दक्ष प्रसुतिकर्मीको पनि ब्यबस्थापन गरेको छ । कोर्ध सहरी स्वास्थ्य संस्था बाट मात्र आर्थिक बर्ष ०७७।०७८ मा ४१ जनाले सुत्केरी सेवा लिएका थिए । यो बर्ष साउन यतामा मात्र १७ जना महिलाले सुत्केरी सेवा लिइसकेको अनमि हेमा शाहीले वताएकि छन् । आर्थिक बर्ष ०७७।०७८ मा २ हजार २ सय ७६ जनाले उपचार सेवा पाएको स्वास्थ्य चौकीले बनाएको छ ।
बडिमालिका नगरपालिकाले सबै गाउँमा स्वास्थ्य सेवा पुयाउने उद्देश्यले ७ वटा ठाउमा स्वास्थ्य केन्द्र स्थापना गरेर सेवा सञ्चालन गरेको नगरप्रमुख पदम बडुवालले वताएका छन् । स्वास्थ्य सेवा बाट बिमुख रहेका कोर्ध, मना, रिला, रजालि, पाटा, पिनालेख, चौराटामा सहरी स्वास्थ्य चौकी स्थापना गरेर स्वास्थ्य सेवा दिइरहेको बडुवालले वताए । राप्कमा पनि सञ्चालनमा ल्याउने तयारी भएको नगरपालिको जनाएको छ ।
जिल्ला अस्पताल बाजुरा, बुढिगंगा स्वास्थ्य चौकी, जुगाडा स्वास्थ्य चौकी र चुथी स्वास्थ्य चौकी भने पहिले देखी सञ्चालनमा रहेका थिए । यी स्वास्थ्य संस्थामा पुग्न कुनै गाउँबाट २ घण्टा बढी समय लाग्ने भएकाले गाउँ गाउँमा स्वास्थ्य चौकी स्थापना गरेको स्वास्थ्य संयोजक टेक बहादुर खडकाले वताएका छन् । बडिमालिका नगरपालिका ७ मा १० शैयाको अस्पताल स्थापनाको चरणमा रहेको छ । कुनै पनि नागरिक स्वास्थ्य सेवा बाट बञ्चित नहोस भनेर नगरपालिकाले स्वास्थ्य सेवा पहिलो प्राथमिकता राखेको खडकाले वताए । गाउँ गाउँमा स्वास्थ्य संस्था घरमा बच्चा जन्माउने संख्या न्युन हुदै गएको पाईएको छ । आर्थिक बर्ष ०७७।०७८ मा ६ सय ५ र साउन यता अहिलेसम्म २ सय ७७ जनाले स्वास्थ्य संस्थामा सुत्केरी सेवा लिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार