शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाल क्लवका पदाधिकारीहरूको क्षमता बिकासका लागि नगर स्तरिय बाल क्लव गठन

बाल क्लवका पदाधिकारीहरूको क्षमता बिकासका लागि नगर स्तरिय बाल क्लव गठन

  • शुक्रबार, फाल्गुन १३, २०७८
बाल क्लवका पदाधिकारीहरूको क्षमता बिकासका लागि नगर स्तरिय बाल क्लव गठन

बाजुरा — जिल्लाको पहिलो नगरपालिकाको रुपमा रहेको बडिमालिका नगरपालिकाले नगरका बालबालिकाको क्षेमता बिकाश गर्न नगर स्तरिय बाल क्लव गठन गरेको छ । बडिमालिका नगरपालिकाको आयोजना र महिला तथा बालबालिका तथा समाज कल्याण उप शाखा बाजुराको आयोजनामा सो कार्यक्रम संचालन गरिएको हो ।
शुक्रबार बाल क्लव गठन गरि २ दिन सम्म बालबालिकाको क्षमाता बिकाश र संस्थागत बिकाशका सवालमा छलफल गरिने बडिमालिका नगरपालिका महिला तथा बालबालिका तथा समाज कल्याण उप शाखा प्रतिनिधी केशरी रोकायाले बताएकी छन ।
बडिमालिका नगरपालिका नगर प्रमुख पदम बडुवालको प्रमुख आतिथ्यमा सो कार्यक्रमको उद्धघाटन गरिएको नगरपालिकाले जनाएको छ । २ दिन सम्म हुने सो कार्यक्रमको सहजकर्ताको रुपमा मदन जोशी रहेको नगरपालिकाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार