गजल ।

  • बुधबार, फाल्गुन ११, २०७८
गजल ।

के नै पाउछौ मेरो बारे मात्रै कुरा चलाएर
रामराम भन्दै पछाडि बाट छुरा चलाएर।।।

देश डुब्दै छ युवाहरु हो जाग्नुस न अब त
आर्जेका हुन मुलुक पुर्खाले जुरा चलाएर।।

जित्न सक्छौ भने आउन अगि बहस गरौ
केही पाइन्न हजुर यहाँ अब पाखुरा चलाएर।।

किन भन्नुहुन्छ नारीले केही गर्न सक्दैन भनि
नारी हुन यार धेरै गर्छन नि मात्रै चुरा चलाएर।।

सयौं जुनि संगै जिउला भन्ने गर्थ्यौ सायद तिमि
अगायौ त!बैगुनी मायाका बात अधुरा चलाएर।।
उ आउँछ सधै सधै रक्सी पिएर जान्छ
जान जान्छ घर ,मात्रै शरीर लिएर जान्छ।।

जो सधै जिन्दगीदेखि हार्दै आएको हुन्छ
हो त्यसैले नै हुने नहुने ज्ञान दिएर जान्छ।।

जो सधै न्याय र न्यालय पुजेर बसिरहेको छ
हो त्यस्तै मान्छे नै झुटो ठहरिएर जान्छ।।

तिम्रो मायापनि त्यसरिनै खिइयो आखिर
जसरी फलाम बर्षौपिच्छे खियर जान्छ।।

यो मेरो नेपाल हो यहाँ येस्तै चल्छ हजुर
धनि हुने जागिर खान्छ गरिब सडिएर जान्छ।।
निराजन सिंह

चर्चामा

सम्बन्धित समाचार