बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • सडकमा आन्दोलन सदनमा स्वागतम!

सडकमा आन्दोलन सदनमा स्वागतम!

  • बुधबार, फाल्गुन ११, २०७८
सडकमा आन्दोलन सदनमा स्वागतम!

सुरेशकुमार पान्डे — राजनीति त यँहा सबैले गर्छन तर यस्तो कुट्निती गर्न धेरैले जानेका हुँदैनन्।
अहिले एकिकृत माओवादी र समाजवादी पार्टीहरूको यस्तै खाले ब्यबहार देखिएकोछ।
हुँन त एम सीसीलाई ल्याउँन प्रचण्डकै पालामा हश्तक्षर गरियो र उन्ले भन्दैपनि आएका छन यति ठुलो रकम लाई हामिले आफैपनि ल्याउँन खोजेकै हो।
तर एमसीसीमा रहेका बुँदाहरूमा आपत्तिछ जसलाई परिमार्जित संसोधन गर्नुपर्छ यही हालतमा हामिलाई स्विकार छैन भन्दै आएका प्रचण्ड र समाजवादी पार्टीले एकाएक एमसीसीलाई टेबुल गर्न लगाएकाछन।एम सीसी पारित गराउँन खोज्ने पहिलो ब्याक्ती डा.बाबुराम भट्टराई,केपि शर्मा ओली,प्रचण्ड शेरबहादुर देउवा लगायतका ब्याकँतिहरू हुन।
अब यो सदनमा पुगेपछि पारित पनि यिनिहरूले गराउँनेछन।किनकी यो अबको पालो संसद किनबेच हुनेछ र पारित पनि गराउँनेछन उनिहरूले जनतालाई उल्लु बनाउँन कसर छाडेकाछैनन्।एकतिर यस्को बिरोधमा जनतालाई सडकमा उतार्ने आर्को तिर संहदया एमसीसीलाई स्वगत गर्ने जोड इनिहरूको रहेकोछ।
अहिले इमानदारी सँग चित्रबहादुर केसी लगायतका कयौं नेताहरू एमसीसीको बिरूद्धमा सडक र सदन दुबै ठाउँ लडेकाछन।
तर कतिपय बिरोधका लागि बिरोध गर्नेहरूको राजमोलाई बद्नाम गर्न कुनै कसर छाडेकाछैनन्।उनिहरूले देखेर पनि बुचपचाएकाछन।राष्ट्रीय जनमोर्चाले एमसीसीको जनम देखि लगातार बिरोध र यसका दुशपरिणामहरूलाई जनतामा ओर्लाई रहेकाछन।भिमराव लिलामणि पोख्रेल चित्रबहादुर केसीको पार्टी राजमो नेकपा मसाल मोहन ब्यद्ध बिप्लब आहुति लगायतका कयौं नेताहरूले सडकमा शयुँक्त रुपमा आन्दोलन गर्दै आएकाछन।तर कतिपय साथिहरूले राजमोलाई दोहोरो भुमिका भयको आरोप लगाएकाछन।
किन यो आरोप लगाएकाछन त उनिहरूले?वास्तबिक रूपमा यो एमसीसीलाई राजमोले जति सडक र सदनमा पनि खुलेर बिरोध कसैले गरेकाछैनन् यो प्रष्टरूपमा देख्दा देख्दैपनि दोरो चरित्रको आरोप लगाउँदै आएका साथिहरूले बिरोधको लागि बिरोधगरेको नै पुष्टी हुन्छ।राजमोले सरकारलाई बाहिर बाट समर्थन दिएपछि सरकारले गरेको गलतिलाई अरूको भन्दा बढि बिरोध राजमोको गरिन्छ यद्मापी राजमो आफ्नो ठाउँमा सहिछ उसले लगातार यो राष्ट्रघाती एमसीसीको मात्र होईन संघियताको समेत लगातार बिरोध गर्दै आएकोछ।राजमोले चुनावको लागि गठबन्धन गरेको होईन बरू प्रतिगमनको बिरूद्धमा आएका शक्तिहरूलाई बाहिर बाट समर्थन दिएकोहो भन्नेकुरालाई बुझ्नु भन्दापनि एउटा सिट जोगाउँनको लागि राजमो गठबन्धनमाछ भनेर प्रचार गर्नु गलतहो त्यो सत्यहोईन सत्य यो हो राजमोले राष्ट्रियता जनतन्त्र र जनजीवीकाको लागि निरन्तर संघर्ष गर्दै आएकोछ र अहिले पनि आफ्नो अडान छाडेकोछैन।ब्याक्तिगत र पार्टीगत स्वार्थ भन्दा माथि उठेर देशको लागि संघर्ष गर्नेपार्टीलाई यस्तो आरोप लगाउँनु दुर्भाग्यनैहो।राष्ट्रिय जनमोर्चाले लगातार देश र जनताको हितमा सम्झौताहिन संघर्ष गर्दै आएकोछ।एउटा देशभक्त जनतान्त्रिक शक्तिले राजमोलाई कहिलेपनि गलत भनेर अपमान गर्न सक्दैन।बरू प्रतिकृयावादी र अवसरबादी छदमभेशीहरूले राजमोलाई बद्नाम गरेर आफ्नो दुनो सोझाउँने प्रयात्न गर्दै आएकाछन।अहिले पनि त्यो प्रयात्न लगातार गर्दै आएकाछन।उनिहरूले राजमोलाई बद्नाम गर्नुलाईनै आफुलाई क्रान्तिकारी सम्झिन्छन।अहिले देशमा एमाले नेपाली कांग्रेसले त एमसीसीलाई पारित गराउँने पहिले देखिनै प्रयास गर्दै आएकाछन तर प्रचण्ड र समाजवादी पार्टीले भने त्यसको बिरोध गर्दै आएका थिए तर सदनमा टुवुल गर्न लगाएर जनभावना सँग खेलबाड गरेकाछन।
यो एम सीसीलाई जबर्जस्ती टेवुल गर्ने पद्दती तानाशाहीनै हो।देश भित्र नेताहरूको मनोमानी कति दिन चल्छ?यस्ता तानाशाहको अनत्य पनि त्यही प्रकारले हुनेछ।जस्तै हिटलर मूसोलिएन,जारहरूको भयको थियो।
हाम्रै देशभित्रपनि राणा र राजाहरूको त्यही दुरगती भयकोलाई साहिद अहिले यिनै नेताहरूले बिर्शिएकाछन।जनताले जब आफुनै नरहने अबस्था सिर्जित भयो भने यि गद्दार नेताहरूलाई पनि छाड्ने छैनन्।हामीले अंझैपनि देशका यि बिदेशीका दलाल हरूलाई भन्छौ यो देशमा बसेर बिदेशीको दलाली गर्न बन्द गरियोश नत्र भने परिणाम भयभाव हुनेछ त्यो वेला तिम्रो अबशेष पनि खोजेर तिम्रा आफन्तीहरूले पाउँनेछैनन्।
नेपाली कांग्रेसको त बर्ग चरित्रनै दलाली गर्नुहो त्यसमा लागेका जनतालाई यो कुरा थाहा भयो भने बिस्तारै उस्लाई छाड्दै जानेछन।एमाले लगायतका आफुलाई कम्युनिष्टको खोल ओडेर लुकेका देश र जनताका गद्दारहरूलाई यही देशमा जनताले नङ्गाएर धुलो चटाउँनेछन।
अहिले दोरो भुमिकामा रहेका कतिपय नेताहरूलाई पनि जनताले चिनेकाछन।जनसागर ओर्लियो सडकमा भने त्यो धेरै डरलाग्दो अबस्था हुनेछ।अहिले यो एमसीसी टेवुल भयपनि यसलाई सदनलेनै रिजेक्ट गरेर बिगतमा कालापानीको बिषयलाई जस्तै एकमतले अमेरिकी साम्राज्यबादलाई फिर्ता गराउँ त्यही यो देशको हितमा हुनेछ।
सडकमा आन्दोलन गर्ने आन्दोलनकारीहरू यही देशका नागरिकहरू हुन जस्ले भोलीका दिनहरूमा बिदेशीले तिमिलाई ह्यापेको वेला छातीमा गोलि खाएर पनि तिम्रो रक्षा गर्नेछन।अमेरिकी साम्राज्यबाद कुनैपनि देश र जनताको हितेशी होइन यो दुनियांभरीको लागी एउटा आतङ्क मच्चाउँने र आफु महाशक्ती बनीरहने आसमा अरूलाई शक्तिहीन बनाएर आफ्नो आश्रृतमा राख्न खोज्ने साम्राज्यबादी मूलुकहो।आउँने दिनमा तिमिहरू जति सुकै अमेरिकाको नजिक जाने कोसिश गरेपनि तिमिहरूको हाल त्यही ओसामा बिनलादेनको जस्तै हुनेछ।
अहिले त देशका जनता तिमिहरू सँगछन भोली तिमि एक्ला पर्ने दिन आउँनेछ।त्यसैले यो सडकको आन्दोलनको मर्म बुझेर दोरो भुमिकालाई छाडेर संदनबाट यो अमेरिकन मिलेनियम च्यालेञ्जलाई रिजेक्ट गरेर देशलाई बिदेशीको हातमा जानबाट जोगाउ।हामी सबैको यसैमा भलो हुनेछ।

चर्चामा

सम्बन्धित समाचार