बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • अनुदान भनेको केहो?

अनुदान भनेको केहो?

  • मङ्लबार, फाल्गुन १०, २०७८
अनुदान भनेको केहो?

सुरेशकुमार पान्डे — हामिले एम सीसीलाई बुझ्दा सबैभन्दा पहिले अनुदान केहो र त्यो कुनवेला र कसरी प्राप्तहुन्छ?र त्यो अनुदान दिनखोज्ने कस्तो ब्याक्तिहो?यो बिषयलाई बुझेपछि हामिले एमसीसीलाई बुझ्न पनि सजिलो हुन्छ।
अनुदान के हो?अनुदान भन्नु कुनैपनि देशले कुनैपनि देशलाई निसर्त सहयोग गर्ने आर्थिक सहयोगहो।त्यो कुनै संसदबाट पारित गराउँने बिषय पनि होईन र त्यो देशलाई मात्र बिशुद्ध सहयोगहो त्यसमा कुनै सर्त हुँदैन।
आर्को कुनै देशले कुनै देशको बिशेष अबस्थामा सहयोग गर्ने गर्छन जस्तो कुनै प्राकृतिक घटना घट्यो बाढिआयो,भुईचाल आयो वा त्यसतै आपत बिपतमा मद्त गर्नुलाई अनुदान भन्निन्छ।अगाडि पछाडि पनि कुनै कार्ययोजना बनाउँदा अनुदानको आदान प्रदान हुन्छ तर अहिले हाम्रो देशमा अमेरिकाले पचास करोड डालरको अनुदान दिन्छौं तर तिमिहरूले पनि तेह्र प्रतिसत बिनियोजन गर्नुपर्छ तिमिहरूले लगानि गर्नुपर्छ र एमसीसीका तमाम सर्तहरूलाई मान्नुपर्छ र यि यि सर्तहरूमा नेपालको कानून वाजियो भने त्यँहा एम सीसीको कानून् लागुहुनेछ भनेर भन्नु र ति बुँदाहरूलाई संसदको दुई तिहाई बहुमत बाट पारित गराउँन खोज्नुलाई अनुदान भन्न मिल्छ?मानिदेउँ हामि नेपालीहरू परिश्रम सँग जोडिएका हुँन्छौं घांस दाउरा र ग्वाले पनि हुन्छौ लाहुरे र कुल्लि कर्मि पनि हुन्छौ,लडाकु र फौजी साथै इमानदार र बफादार सोझा साझा पनि हुन्छौं तर यसको मत्लब यो पनि नसम्झिनु हामी यति धेरै बुद्धु लाटा र वेबकुफ हुन्छौँ।जसले बिदेशीहरूको नियतिको बारेमा बुझ्न सक्दैन।
अमेरिकाले नेपाल जस्तो देशलाई आफ्नो अंहेकार देखाउँनु कहां सम्मको कुराहो।नेपाल जस्तो सानो र एउटा गरिब देश जो बिदेशमा गएर आफ्नो परिश्रम बेच्न बाध्य हुन्छन देशका युवाहरूले आर्काको देशमा गएर उनिहरूको देशको रक्षा गरेका हुन्छन। आर्थिक अबस्थामा कम्जोर देशलाई उस्को कम्जोरीको नजायज फाईदा उठाउँन खोज्छ।त्यहि प्रकारले नेपालीहरूलाई बिदेशीहरूले उपहाश गर्ने र आफ्नो बिचारलाई लागुगर्न दवाब सिर्जना गर्दै आएकोहो।
अमेरिकी साम्राज्यबादले हाम्रो देशलाई दिने बिशुद्ध अनुदान होईन बरू ससर्त हाम्रो देशलाई लिजमा लिएर रणभुमी बनाउँने सपना बोकि रहेकोछ।चीन अहिले अमेरिकी साम्राज्यबादको लागि सबैभन्दा खतराको रुपमा उभ्रिंदै आएकोले उस्को शक्तिलाई रोक्न हाम्रो देशलाई प्रयोग गर्ने मनसायले यो मिठो बिष बोकेर आएकोछ।
हाम्रा लोभि पापी नेताहरूले देशलाई अचानो बनाएर भयपनि आफ्नो सत्तालाई दुर्पयोग गर्दै कमिसनखाने खेल खेल्दैछैन।श्रीलंका समेतले आफ्नो देशमा घुस्न नदिएको यो कथित अनुदान हामिलाई किन चाहियो?
अहिले यो देशका नेताहरू नेपाली कांग्रेस र एमाले दुवै पार्टीहरू र डा.बाबुराम भट्टराई सहितका केही नेताहरूले देशलाई खरानी पार्ने योजना बनाएकाछन।हाम्रो देशको सबैभन्दा खतरनाक खलपात्र डा.बाबुराम भट्टराईहुन उन्ले सबैभन्दा पहिले आफु प्रधान मन्त्रि भयकोवेला २०६८मा देशलाई बिदेशीको बिसौनी बनाउँने प्रयात्न गरेका हुन।उन्ले त्यो वेला भारतिय गुप्तचर एजेन्सि सँग मिलेर देशमा पिप्पा जस्तो बिदेशीको देशमा लगानि र उनिहरूको लागतको पनि शुरक्षा गर्ने नियम बनाउँन जोड लगाएका थिए उन्ले यदी विप्पा पारित नभए देश मर्ज हुन सक्छ भनेर नेपाली जनता र राजनीति पार्टीहरू सँग समेत झुठ बोलेर वार्गेनिङ्ग गरेकाथिए।
हाम्रो देशले धेरै खलपात्रहरूको गद्धारी झेल्दै आएकोछ यिनै खलपात्र मध्यका डा.बाबुराम भट्टराई पनि हुँन।हामीले केसर जङ्ग रायमाझीलाई गद्धार भन्छौं तर उनि कम्युनिष्ट आन्दोलन प्रतिमात्र गद्धारी गरेका थिए तर बाबुराम भट्टराईले कम्युनिष्ट आन्दोलन संगमात्रै गद्धारी गरेकाछैनन् बरू पुरै देश सँग गद्धारी गरेकाछन।यो एमसीसी प्रवेश गराउँने बाटो खोलेका डाक्टर बाबुराम भट्टराईनै हुँन।
एम सीसी परियोजना सन२००२मा अमेरिकाले गठन गरिसकेको थियो बिस्तारै यो हाम्रो देशमा सन२०१७मा अमेरिकी प्रतिनिधि जोनाथन नाशले र तत्कालिन परराष्ट्र मन्त्री ज्ञानेन्दर बहादुर कार्कीले हश्तक्षर गरेकाथिए।उतिवेला नेपाली कांग्रेस र एमाओवादीको सरकार थियो क.प्रचण्डले त्यो कुरा स्विकार गर्दै पनि आएकाछन।तर शेरबहादुर देउवाले र केपी शर्मा ओलिले कहिलेपनि जनताको माझमा आफुहरू पनि यसको लागि दोशि भनेर स्विकार गर्दैनन् तर एम सीसीको जस लिन अमेरिकी साम्राज्यबादको अगाडी तछाड मछाड गरेकाछन।
हामिले भन्दै आएकाछौं यो न त अनुदानहो न हाम्रो देशलाई यो सम्झौताले कुनै फाईदाहुनेछ।बरू यि दलाल हरूलाई पास गराएको वाफत कमिसन मिल्छ देश अफ्गान बन्छ र जनतालाई आफ्नै देशमा गुलाम जस्तै जीवन यापन गर्नु पर्नेछ।
नेपालीहरू साम्राज्यबादले संसारको दोस्रो तालिबानी बन्ने बाताबर्ण बनाउँदैछन।अमेरिकालाई देशबाट निकाल्न हामिलाई तालिबानिहरूलाई जस्तो बिस बर्ष मात्रैहोईन त्यो भन्दापनि बढि समय आतङ्बादी जस्तै ब्यबहार अप्नाएर दिनौदिन बारूधको ढेरमा बांच्न बाध्य पारिनेछ।
अहिले हाम्रो देशले अप्नाउँदै आएको असलंगन परराष्ट्रनीतिका कारणलेपनि हामिलाई यो एम सी सी आत्मघातनै साबित हुनेछ।अहिले देश र जनताले यसको लगातार बिरोध गर्दा गर्दै पनि अमेरिकाको दवाबमा आएर यदि यसलाई पारित गर्छन भने इतिहाशमा नेपाली कांग्रेसलाई कसैले पनि माफ गर्नेछैनन्।
एम सीसी संसदमा टेबुल त भयो अब संसद भित्र सांसदहरूको किन बेच सुरू हुन्छ यो देशको लागि सबै भन्दा ठुलो बिडम्बनाको बिषयहो।हिंजो देश ब्यापि रूपमा एमसीसीको बिरोधका बाबजुद एमसीसीलाई टेवल गरिएकोछ।माओवादी केन्दरका प्रचण्डले अप्नाएको दोरो भूमिकाले त्यो टेबुल हुन सफल भयकोछ।हिंजो उनिहरूले अन्तिममा प्रचण्डको र समाजवादी पार्टीले एमसीसीलाई टेबुल हुन दिने भनेपछि त्यो प्रस्तुत भएकोछ।
हामिले गम्भिर भएर परिस्थितिलाई नियाल्ने होभने गठबन्धन टुट्ने र एमाले र कांग्रेसको गठबन्धन हुने सम्भावना बन्दै गएको वेला एमालेलाई सत्तामा आउँन रोक्न प्रचण्डले एमसीसीलाई टेवुल हुन दिएको भनेर बुझिन्छ।
तर वास्तबिक रूपमा गठबन्धन टुटेपनि सडकमा त्यसको बिरोध गरेर त्यसलाई रोक्न सकिन्थ्यो।उनिहरूले आफ्नो अपबित्र गठबन्धनलाई जोगाउँन एमसीसीलाई प्रस्तुत गरी यहि गर्नुथियो भने यो सडकमा जनतालाई मराउँने काम किन गरे?राजनीति स्वार्थ पुरागर्न एमाओवादीले पनि देश र जनता सँग गरेको खेलवाडलाई जनताले माफ गर्नेछैनन्।
अहिले सम्मको परिस्थितिलाई नियाल्दा देशमा गम्भिर अबस्था सिर्जित भयकोछ यो अबस्था सिर्जना गर्ने यो अमेरिकी कथित अनुदाननै हो।अनुदानले यस्तो अबस्था कदापि हुने थिएन यो अनुदान भित्र लुकेको साम्राज्यबादको ठुलो शड्यन्त्रछ।अहिले सम्म हाम्रो देशमा आउँने अनुदान कस्ले दियो कति दियो त्यसको लेखाजोखा सरकारलाई भएपनि संसदमा प्रस्तुत गरेर यस्तो हंगामा भएको थिएन।अहिले अमेरिकाको यो नेपाललाई दिने एमसीसी एउटा ससर्त सम्झौता भएकोले यस्तो अबस्था सिर्जित भयकोहो।आज बरिस्ठ अधिवक्ता डाक्टर सुरेन्द्र भण्डारी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्न गएका छन् । संसदमा हो हल्ला जे भए पनि बहस एम सीसी बारे अब अदालतमा पुगेको छ।अब अदालतको के निर्णय आउँछ त्यसमा पनि नर्भर हुनसक्छ।यो अनुदान हुँदै होईन भन्नेकुरा घाम जस्तै छर्लङ्गैछ।

चर्चामा

सम्बन्धित समाचार