मङ्लबार, जेष्ठ ८, २०८१

गजल!

  • सोमवार, फाल्गुन ९, २०७८
गजल!

जब जनता लाई ठग्न थाले धनमान भएछ,
त्यो सांच्चै मानव भएपनि त वे जान भएछ।

आमाले त सधै पुजापाठमै ध्यान दिनुभयो,
त्योपनि हामि गरिवको लागि उखान भएछ।

जस्ले गरिब लाई शोषण गरेको थियो हिँजो,
आज उसैका यही सहरभरीनै खदान भएछ।

हामिले त सधै लाहुरमा बसेर जीवन बितायौं,
शोषकलाई त आफ्नै देशमा प्रावधान भएछ।

हाम्रा बाले झुठ बोल्नु पापहुन्छ भन्नु हुनथ्यो,
तिनै पापीको हाम्रो सहरमा ठुलो शान भएछ।

वेमान गरेनौ इमानदारीमै बिते बाजे बा हाम्रा,
त्यही बारी उसकै मोटर हिंड्दा कटान भएछ।

आमा मैले फर्केर आउँदा हेर्न भनी गएं त्याहाँ,
हामीजस्तै धेरैको त्यँहाबाट कतै उठान भएछ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार