शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका वडा नम्मर ९ र २ जोड्ने झोलुगें पुल निर्माण, नगर प्रमुख बडुवालद्धारा उद्धघाटन

बडिमालिका वडा नम्मर ९ र २ जोड्ने झोलुगें पुल निर्माण, नगर प्रमुख बडुवालद्धारा उद्धघाटन

  • आइतवार, फाल्गुन ८, २०७८
बडिमालिका वडा नम्मर ९ र २ जोड्ने झोलुगें पुल निर्माण, नगर प्रमुख बडुवालद्धारा उद्धघाटन

बाजुरा — बडिमालिका नगरपालिका वडा न २ र ९ को बिच सिमानामा पर्ने ठुवाकाधँमा झोलुगेँ पुल निर्माण भएको छ । सो पुलको आईतबार बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले उद्धघाटन गरेका छन । वडा नम्मर ९ र २ को बिचमा पर्ने बुढिगंगा नदिमा पुल निर्माण भएपछि दुबै दुबै वडाका स्थानीयहरु खुशी भएका छन् । पुल निर्माण कार्य सम्पन्न आईतबार झोपु निर्माण समितिको आयोजनामा नगर प्रमुख बडुवालको प्रमुख आथित्यमा सो पुलको उद्धघाटन गरिएको निर्माण समितिका अध्यक्ष कर्ण बहादुर महतले बताए । बडिमालिका नगरपालिका र पिसवीन बाजुराकाे सहयाेगमा साे पुल निर्माण गरिएकाे नगरपालिकाले जनाएकाे छ ।
१ सय १४ मिटर लम्बाई रहेको पुलको लागत १९ लाखमा निर्माण कार्य सम्पन्न भएको निर्माण समितिले जनाएको छ । यसअघि स्थानीयलाई सदरमुकाम मार्तडी आउन जान समेत लामो बाटो हिडेर आउने समस्या रहेको भएपनि अब सहज भएको स्थानीयले बताएका छन ।
पुल नबन्दा वर्षायाममा ३० मिनेटको बाटो दुई घण्टा घुमेर जानुपर्ने अवस्था रहेकोमा अव सहज हुने स्थानीयको भनाई रहेको छ । अब यस वर्षको वर्षातमा सहज हुने स्थानीयको भनाई छ । सो पुल निर्माणको अर्को उदेस्य पर्यटकीय पुलको रुपमा रहने बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताए । सो क्षेत्रमा भौनेरा नदि र बुढिगंगा नदिको संगै मिसिने दोभान जस्तै रहेको सो क्षेत्रका ३ ओटा ठाउँमा पुल निर्माण गरी पर्यटकीय क्षेत्र बनाउने उदेस्य रहेको नगर प्रमुख बडुवालले बताए ।

No description available.
सो क्षेत्रमा निर्माण गरिको पुल पनी धेरै अग्लो भएको र अबका बन्ने पुलहरुको डिपीआर पनि अग्लो भएकोले सो पुल बुढिगंगा नदि र भौनेरा नदि संगै त्यहाँ वरपरको मनोरम दृस्यहरु पर्यटकका लागि आर्कषक बन्ने नगर प्रमुख बडुवालले बताए ।
उद्धघाटन कार्यक्रममा निर्माण समितिका अध्यक्ष कर्ण बहादुर महत, बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल, उपप्रमुख कबिता बिष्ट वडा नम्मर २ का वडा अध्यक्ष डम्मर महत वडा न ८ का वडा अध्यक्ष प्रकाश रावल, नगरपालिका ईन्जीनियर हिक्मत रावल, नेपाल पत्रकार महासघं बाजुराका उपाअध्यक्ष पदम सिहं लगायतको उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार