बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बाजुराकाे काेल्टी क्षेत्रमा २ सय ३ वटा सवारी सधान कार्वाहीमा

बाजुराकाे काेल्टी क्षेत्रमा २ सय ३ वटा सवारी सधान कार्वाहीमा

सवारी कार्वाही वाट १ लाख २१ ह्जार ५ सय राजश्व संकलन

  • शुक्रबार, फाल्गुन ६, २०७८
बाजुराकाे काेल्टी क्षेत्रमा २ सय ३ वटा सवारी सधान कार्वाहीमा

बाजुरा जिल्लाको निर्वाचन क्षेत्र नं. क का विभिन्न स्थानमा चल्ने सवारी साधानमा पछिल्लो समय कडाई गरिन थालिएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले तोकेको भाडादर भनदा बढि भाडा लिने यात्रुहरुको गुनासो बढेपछि ट्राफिकले सवारी सधानमा कडाई गर्दै आएको छ । आर्थिक वर्ष २०७८।०७९ को हाल सम्म कोल्टी पीलुचौर कवाडीमा गरेर २ सय ३ वटा सवारी सधान कार्वाहीमा परेका छन ।

तोकीएको भन्दा बढि भाडा लिने, ट्राफिक नियमको पालना नगर्ने सवारी सधानहरुलाई कार्वाही गरिएको कोल्टी क्षेत्रका ट्राफिक प्रमुख धन बहादुर धामीले बताएका छन । उनका अनुसार कोल्टी देखि पीलुचौ, कोल्टी देखि धुलाचौर कवाडी पीलुचौर देखि जुड्डी बेर्मा सम्म चल्ने सवारी सधानहरुले तोकेको भन्दा बढि भाडा लिएका र , ट्राफिक नियमको पालना नगरेका सवारी सधानलाई कार्वाही गरेको बताए ।

 पछिल्लो समय कालो नम्बर प्लेटको गाडि मात्र संचालन गर्नु पर्ने नियम भएपनि प्रायजसो रातो नम्बर प्लटेका सवारी साधन नै चल्ने गरेको धामीको भनाई छ । आफु एक्लै भएको हुँदा एक ठाउँमा जाँदा अर्को ठाउँको निगरानि नहुने बताएका छन। यसमा पनि सबै भन्दा बढि भाडा दर बढि लिने सवारी सधान कार्वाहीमा परेको धामीले बताए  ।

कोल्टी देखि पीलुचौ १ सय ५, कोल्टी मार्तडी ८ सय १०, पीलुचौर कवाडी ४ सय ८०, पीलुचौर धुलाचौर १ सय ५५ , पीलुचौर जुड्डी १ सय १० र पीलुचौर वेर्मा सम्मको भाडा १ सय ३५ कायम गरिएको भएपनि सवारी साधनहरुले मनोमानि तरिकाले भाडा लिँदा यात्रुहरु समस्या परेको ईलाका प्रहरी कार्यालय कोल्टीका प्रमुख प्रहरी निरीक्षक देबेन्द्र राज जोशिले बताएका छन । यो दररेट भन्दा महंगो भाडा लिएमा नेपाल प्रहरीको १ सयमा र नजिकैको प्रहरीलाई खवर गर्न यात्रुहरुलाई प्रहरी निरीक्षक जाेशीले आग्रह गरेका छन । आर्थिक वर्षको हाल सम्म सवारी साधन कार्वाही वाट १ लाख २१ ह्जार ५ सय राजश्व संकलन भएको  प्रहरीले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार