मङ्लबार, जेष्ठ ८, २०८१

गजल!

  • बिहिबार, फाल्गुन ५, २०७८
गजल!

जोगाउँन देशलाई अंघि बढौं नेपाली सबै,
हामी आफ्नो देशको झण्डा उचाली सबै।

तरल भयो झनझन स्वभिमान यो देशको,
उठ जाग मदेशी पहाडी संगै हिमाली सबै।

भित्र पस्नथाल्यो देशको एम सीसी बोकी,
आउ नागरिक मनभित्र मयाँ संगाली सबै।

उठ सूदुर पश्चिम उठ प्युठान दंगाली पनि,
उंठौँ जुट सारादेश मेचि र महांकाली सबै।

भए कति असमान सन्धि र सम्झौता हरू,
तिनी सबैलाई अब छाडौंला पखाली सबै।

बिरोध गरौं बुझेर के के ल्यायो एम सीसी,
बिरोध गर्नुपर्छ अब त्योभित्र नियाली सबै।

सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार