शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • अवसरबाद लाई चिन्न धेरै अप्ठारो हुन्छ!

अवसरबाद लाई चिन्न धेरै अप्ठारो हुन्छ!

  • बुधबार, फाल्गुन ४, २०७८
अवसरबाद लाई चिन्न धेरै अप्ठारो हुन्छ!

सुरेशकुमार पान्डे — मेरो बिचारमा मानिस जिवीत रहँदा सम्म उस्को पुर्णतः मुल्याङकन गर्न सकिदैन।कुनवेला त्यो भित्र बतासले कसिङ्गर ल्याउँनेहो र ऊ रोगी हुनेहो थहा हुँदैन।अवसरबाद पनि त्यहि मानसिक रोगनैहो जो हामी सबैको मनमष्तिकमा घर जमाएर बसेको हुन्छ त्यसले कती वेला बिक्रालरूप धारण गर्छ थाहा हुँदैन।
हामी भित्र लुकेको स्वार्थको कोपीलालाई मल जल दिने श्रोतहरू पनि यहि समाजभित्र हुन्छन।हाम्रो उदेश्य शोसक बिहिन समाज बनाउँने हो तर पुँजिवादले हामि आफैलाई पनि बेला बखतमा शोषक बनाई दिएको हुन्छ।एउटा गरिब मजदुरले जव सिप ग्रहण गर्छ काममा सिपालु हुन्छ त्यो त्यहि आफैले गर्दै आएको कामको ठेकेदार बन्छ अनि बिस्तारै आफुजस्तै कर्मिलाई शोषण गर्न थाल्छ उस्ले अब आफ्नो पुरानो मजदुरहुनेवेलाको अबस्थालाई बिर्शिंदै जान्छ र उ शोषक बन्छ।त्यसपछि उस्लाई कम्युनिष्ट चाहिदैन बरू कम्युनिष्टलाई आफ्नो सुबिधाको लागि हतियार बनाउँने प्रयात्न गर्छ।
पुँजीवादी समाज आफैमा एउटा भ्रष्ट ब्यबस्थाहो त्यसैको अनत्य गरेर मात्र समाजवादको जनम हुँनेहो तर त्यो वेला सम्म कयौं कर्णधारहरू त्यसको बलिचढ्छन अनिश्चितछ।
पुंजिवादले गरिब र क्रान्तिकारीहरू समेतलाई आपसमा लडाएर त्यो कम्युनिष्ट आन्दोलनलाई बद्नाम गराएर क्रान्तिको गर्भमै पतन गर्ने अभियान चलाएको हुन्छ त्यो उस्को (मक्सद)उदेश्यलाई हामिभित्र रहेको त्यो निम्न पुँजिवादी सोंच अथवा बिचारले बल मिल्छ र क्रान्तिको जरा काट्ने आधार तैयार पारेको हुन्छ।हामिले कहिले कसो उद्धारवादी सोंच ल्याउँछौ सस्तो जमिन किन्ने अनि प्लाटिंग गरेर आफु जस्तै गरिव श्रमजीवीहरूलाई सस्ता घढेरीहरू बितरण गर्ने त्यो काम हामिलाई राम्रो लागेको हुन्छ तर पनि त्यो एउटा पुँजीवादी सोंचहो।त्यो काम राम्रो हुँदा हुँदैपनि एउटा क्रान्तिकारी पार्टीको लागि नराम्रो काम साबित भयकोहुन्छ।
अहिले त्यो प्लाटिंगको खेल देशमा चरम अबस्थामाछ जसले गर्दा कयौं कार्यक्रताहरूले बिस्तारै कम्युनिष्टको बाटोछाडेर कमाईनिष्टको बाटो अगालेकाछन।बिगतमा धेरैजसो क्रान्तिकारी कम्युनिष्ट आन्दोलनबाट उछुट्टिएर नैतिक पतन भयका पनि त्यहि कारणलेहो।त्यहि ब्यबहारले धेरै सोझासाझा श्रमजीवीहरू ठगिएका कयौं उधारणहरू भेटिन्छन।
हाम्रो बिचार अहिले पनि थोरै धेरै निम्न पुँजिवादीछ र ब्यबहार पनि सामन्तबादीछ।आफुले झोला बोके पनि आफ्नो जहानको नाउमा छोरा छोरीको नाउमा यो खेल खेलेका थुप्रै ब्याक्तिहरू भेट्टिन्छन।उनिहरूले पार्टीलाई झुट बोल्ने अनि भित्रभित्रै त्यो खेल खेल्ने पनि गर्दछन।आखिर जसरी जस्ले गरेपनि मष्तिक उसैले प्रयोग गरेकोहुन्छ।अहिलेको अबस्थामा बिशुद्ध चोखा क्रान्तिकारीहरूको अनिकाल परेको अबस्थाछ।
एउटा क्रान्तिकारी संगठन भित्र लागेको ब्याक्तिले त्यो खेल सजिलरी खेलेको हुन्छ जव उस्को स्वार्थ पुराहुन्छ त्यो संगठन पनि छाडेर जान्छ।जनताको घरदैलोमा गयर कसैको कुखुरा काटेर खाईदिने कसैका बुंगुर काटेर खाई दिने जांड रक्सि मागेर खाने अनुसाशन बहिन थुप्रै ब्याक्तिहरू अहिलेपनि कम्युनिष्टको छत र छांयाभित्र बसेका प्रसस्तै भेट्टिन्छन उनिहरूको त्यही ब्यबहारले संगठनको बिकाश हुन सक्दैन र कम्युनिष्ट पनि बद्नाम हुँदै आएकोछ।
यस्ता ब्याक्तिले त्यो महान कम्युनिष्ट आन्दोलनलाई बद्नाम गरेका हुन्छन यिनिहरूलाई समयमा चिन्न नसक्नु पार्टी संगठनको कम्जोरीहो।उनिहरूले औपचारिकरूपमा कम्युनिष्ट भनेर आफुलाई चिनाउँन सक्दो प्रयात्न गरेका हुन्छन।अनि अरू भन्दा बढी भागदौड गर्ने र आफुलाई सक्रिय देखाउँने गर्छन त्यो उन्ले देखाएको सक्रियता भित्र लुकेको अवसरबादलाई देख्न र बुझ्न नसक्दा समय समयमा यस्तो समस्य आएकोहुन्छ।कम्युनिष्ट आन्दोलनमा आफ्न पकड बनाउँन भरसक कोसिश गर्छन हाम्रो नेपालको कम्युनिष्ट आन्दोलनको यो ७२बर्षको इतिहाशलाई गहिरिएर अध्यायन गर्नु भयो भने धेरैजसो हांगाबांगाहरू यसैको उपज भयको देखिन्छ।
संसारको कम्युनिष्ट आन्दोलनमा देखेपरेका अवसरबादीहरूले गर्दा पनि समाजवादी ब्यबस्था भयको रूसमा पुँजीवादको पुर्नस्थापना भयो स्टालिनको मृत्यु पछि निकिता ख्रुचेव जस्ता ब्याक्तिहरूले मौका ढुकेर बसेका थिए गलास्नोत र प्रेस्त्रोईका लागु गरेर आफ्नो असलि अनुहार जनताको माझमा ल्याए।चीनमा माओको निधन हुनुभन्दा पहिलेनै नयांजनवादि ब्यबस्थालाई बंग्याउँन थालेपछि माओले सांस्कृतिक क्रान्तिलाई सुरूगरेका थिए।घरेलु परिस्थिती तरल बन्दा बित्तिकै सत्ता खोस्ने अवसरबादको ब्यबहार देखियो।पार्टी भित्र गुटबनाएर बसेका अवसरबादीहरू द्वारानै कम्युनिष्ट आन्दोलन खतरामा परेको कामरेड माओको कथन थियो।उन्ले लगातार दक्षिणपन्थि अवसरबादको खिलाफ सम्झौताहिन संघर्ष गरेर पार्टीलाई जोगाएका थिए तर सन १९७६मा उनको मृत्यु पछि त्यँहा पनि प्रतिक्रान्ति भयो।
संसारभरीनै कम्युनिष्टको बिचमा घुसेका अवसरबादीहरू द्वारा कम्युनिष्टमाथि प्रहार हुँदै आएको तमाम उधारणहरूछन।त्यस्तै नेपालको कम्युनिष्ट आन्दोलनमा देखापरेका थुप्रै क्यारिरिष्ट प्रकारका ब्याक्तीहरू द्वारा बेलाबखतमा हमला हुँदै आएकोछ।एउटा क्रान्तिकारी पार्टीमा त देशबिदेशका अवसरबादीहरू र प्रतिकृयावादीहरू समेतको चौतर्फिय आकारमण झेल्नु परेको हुन्छ।त्यहि प्रकारले नेकपा(मसाल)लाई लगातार बद्नाम गर्न यि संसोधनबादी र मौकापरस्तहरू लगातार लागेका हुन्छन।उधारणका लागि यदि मसालबाट एउटा ब्याक्तिलाई कार्वाही भयो भने नेतृत्वमाथी धावा बोलेका हुन्छन एउटा ब्याक्ति निक्लेर गयो भने पार्टीमा पहिरो गयो भनेर जनतामा भ्रम सिर्जना गर्छन।मसालमै नभयका पहिले कयौ बर्ष पहिले निक्लेका अजय शर्मालाई मसालको नेता एमालेमा बिलय भयो भन्दै प्रचार गराउँछन।आखिर उनिहरूलाई यस्तो किन गर्नु परेको हुन्छ?किन भने अहिले नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाएर राखेको एकमात्र पार्टी नेकपा(मसाल)हो भन्नेकुरा उनिहरूले पनि बुझेकाछन त्यसैले बिगत दुई तिन जना एमाओवादीमा गयपछि प्रचण्डले भनेका थिए अब हाम्रो पार्टीमा यि ब्याक्तिहरू आएपछि अनुसाशन हुन्छ भित्र भयको फोहोर सफाहुन्छ।यो बिचारले के देखाउँछ भने उनिहरू फोहोरी भैसके काछन नेकपा मसालका केहि ब्याक्तीहरूको प्रवेशले त्यो फोहोर सफाहुन मद्त मिल्छ।अहिले सम्म नेपालको कम्युनिष्ट आन्दोलनमा नेकपा मसाल मात्र यस्तो शक्तिहो जसभित्र अहिलेपनि सच्चा क्रान्तिकारी बिउ बचेकोछ।अन्य पार्टी भित्र अब कम्युनिष्टको बिउ पनि छैन भन्नेकुरा उनिहरूले बुझेकाछन।
नेकपा मसाललाई छाडेर गयका अहिले सम्मको ईतिहाशमा राम्रो बाटो अगाल्न सकेकाछैनन् बरू गलत बाटो हिंडेर बिसर्जनको संघांर सम्म पुगेकाछन।अहिले केहि साथिहरूले पनि समान अन्तरको पार्टी बनाउँनु भयकोछ त्यो कहां सम्म पुग्छ त्यो समयले बताउँने कुराहो।अहिलेनै हामिले उनिहरूको बारेमा केहि भन्नु शान्द्रभिक हुनेछैन।तर पनि कुनै क्रान्तिकारी संगठनलाई छाडेर वा त्यसको बिरोध गरेर बर्गशंघर्ष लाई फाईदा हुनसक्दैन।इमानदार साथिहरू आफ्नै घरफर्केर संगठनलाई बलियो र क्रान्तिकारी बनाउँन सकिन्छ फुटप्रस्त गतिबिधिले उनै क्यारिष्ट झुण्डलाई मात्र फाईदा पुग्नेछ जो पद र प्रतिष्ठाको लागि संगठनलाई टुक्रा पार्न चाहेकाछन।
उनिभित्र रहेको अवसरबादलाई समयमानै चिनेर बुझेर आफ्नो घरभित्र साफ सफाई गरेर बलियो बनाउँने समयको मागहो भन्ने मलाई लाग्छ।किन कि फोहोर बाट भागेर हामी जोगिन सकिदैन फोहोर हाम्रै पेटमा हुन्छ भन्ने कुरालाई बुझेर अगाडी बढ्नु आजको आबस्याकता पनिहो।

चर्चामा

सम्बन्धित समाचार