शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • भेट हुन नसकेकोमा गुनासो धेरैछ

भेट हुन नसकेकोमा गुनासो धेरैछ

  • मङ्लबार, फाल्गुन ३, २०७८
भेट हुन नसकेकोमा गुनासो धेरैछ

भेट हुन नसकेकोमा गुनासो धेरैछ,
किन कि उनलाई मेरो चासो धेरैछ।

मानिस खास्सा छन तर गुट बनाए,
उनिसँग बोल्दा बोलि फासो धेरैछ।

लाग्छ मलाई त आफ्नो घर पबित्र,
उन्लाई घरभत्काउँन हतासो धेरैछ।

हिंजो आज कोरोनाको कहर भयो,
कतैजांन्न मलाई रूघा कांसो धेरैछ।

बचाउँन धेरै प्रयास गरियो तरपनि,
आर्काले लगाउँने त्यो झांसो धेरैछ।

उनि मलामे जांदै थिए म छक्कैपरें,
लास बोकेका मुहारमा हांसो धेरैछ।

चर्चामा

सम्बन्धित समाचार