शुक्रबार, बैशाख १४, २०८१

प्रेम दिवस

  • सोमवार, फाल्गुन २, २०७८
प्रेम दिवस

प्रेम दिवस को अवसर मा सबै ले जोडी हरु का तस्बिर हरु छापेका छ्न । प्रेम सबै प्राणी हरु मा अपरिहार्य हुन्छ । विशेष गरि मानव जाती हरु मा प्रेम अलि बढी र ब्यवस्थित हुन्छ । प्रेम छ कि छैन भन्ने कुरो त्यसको प्रस्तुति र ब्यवहार ले दर्शाउद छ । प्रेम मानव जातिहरु को भावना मा लुकेको हुन्छ त्यो अदृश्य हुन्छ देखिदैन । तर त्यसले गरेका क्रियाकलाप ले तथा आकर्षण बिकर्षण भएको बाट स्पष्ट हुन्छ । प्रेम अत्यन्तै गहिरो र अगाद हुने हुना ले कतिपय बेला मा अनेकौं दुर्घटना हुने गरेको पाइन्छ ।

जस्तो तिमी बिना बाच्न सक्दैन । तिमी नहुँदा अथवा तिमिले मलाई धोका दिएऔँ भने आत्म हत्या गर्छु ।झुन्डिएर मर्छु भन्ने गर्छ्न र ब्यवहार मा पनि देख्न पाइन्छ । प्रेम भाव मा डुब्नेहरु बिशेशत नवयुवाहरु तथा युवतिहरु नै बढी देखिन्छ्न । प्रेम हुनु स्वभाविकै रूपमा प्राकृति नियम हो । तर प्रेम को बहाना गरेर लुटपात र धोकाहरु हुने गरेको समाचार हरु थुप्रै प्राप्त भैइरहेका हुन्छ्न । विवाहित महिला उनको जीवन साथी कमाउन बिदेश गएको होला तर उन ले आफ्नो श्रीमान ले कमाएका रुपैयाँ मोजमस्ती मा उडाएको हुनसक्छ्न । पुरुष ले पनि घरमा श्रीमति होलिन तर उ आर्कैतिर मोज मस्ती गरेर बालबच्चा लाई समेत अलपत्र पारेको हुन सक्छ ।

यस्तो खाले बिकृतिपुर्ण प्रेम ले जिन्दगी टर्दैन । प्रेम विभिन्न खाले हुन्छ्न, छोराछोरी प्रती गरिने प्रेम , आमाबुबा तथा नातेदार हरु प्रती गरिने प्रेम सबै का आ आफ्ना खाले सिँमा र बन्धन हरु हुन्छ्न ।आ आफ्ना नियम तथा अनुशासन हरु हुन्छ्न । प्रेम लाई खल्लो र भद्दा तथा उशृङ्खल खाले बनाउनु हुँदैन । समाज तथा गाउँ घर मा सुहाने खाले तरिका ले प्रेम को प्रस्तुति हुन सक्छ । प्रेम कुनै नाटक तथा काल्पनिक उपन्यास हुँदैन । यथार्थ र सु स्पष्ट हुन्छ । त्यसको प्रकट रूप उसको प्रस्तुत र ब्यवहार हो । प्रेम जाच्ने कसि पनि ब्यवहार नै हो । जस्तो माथी नै उल्लेख गरेको छु ।

प्रेम धेरै प्रकार को हुन्छ्न जस्तो पार्टी संगठन मा पनि प्रेम हुन्छ। जस्तो रुस ,फ्रन्स तथा चीन भियतनाम जस्तो देश मा क्रान्ति भयो रे त्यहाँ कम्युनिस्ट हरु ले जितेरे भन्दा खुशी लाग्छ ।किन त्याहाँ हाम्रो बर्ग संग मेल खाने बर्ग ले जित्यो रे भन्दा खुशी हुनु को मुल कारण बर्ग हो गरिव असहाय हरु ले मुक्ती पाउँदा आफू जस्तो गरि खाने बर्ग् ले सत्ता चलाउदा खुशी नभए र दुखी हुने कुरै भएन । जस्तो ने क पा मसाल ले प्युठान लगायत केही जिल्ला मा ५६,५७ तिर किसान आन्दोलन गरेको थियोे । त्यो आन्दोलन मा अत्यधिक साथीहरू सहभागी हुनुहुन्थ्यो । जब पार्टी ले ती साथीहरू लाई घर पठाउने निर्देश गर्दा साथीहरू निन्योउरो वा मलिनो हुने कतिपय रुने पनि गर्नु हुन्थ्यो ।

किन त्यस्तो हुन्थ्यो स्पष्ट छ साथीहरू बर्गिय भावना ले उत्प्रेरित हुनुहुन्थ्यो । बर्गिय प्रेम गहिरिएको थियोे शोषक हरु लाई तह लगाउन मा सबै को भावना एउटै थियोे । जुन बर्गिय भाव ले गाँजिएको थियोे बर्गिए प्रेम सु सम्बन्ध थियोे त्यसकारण त्यस्तो हुने गरेको थियोे । अहिले पनि लामो समय सम्म होलटाइम्बर साथीहरू बिचमा केही समय को लागि छुट्दा अलगै कार्य क्षेत्र पर्दा त्यसो हुने होला । जे होस प्रेम अनेकौं हुन्छ्न । प्रेम लाई उत्ताउलो र बहाना बाजि नबाइ दिर्घायु सम्म तथा अत्यन्तै घनिष्ट र गहिरो प्रगाढ गराउँदै साथीहरू को जीवन उत्तम तरिका ले बितोस भन्ने हार्दिक सुभकामना छ !!

चर्चामा

सम्बन्धित समाचार