• होमपेज
  • त्रिवेणी
  • नयाँ राजनितिक अध्यायको सुरुवात फेरी नेकपा एमालेबाटै हुन्छ नेता : साउँद

नयाँ राजनितिक अध्यायको सुरुवात फेरी नेकपा एमालेबाटै हुन्छ नेता : साउँद

  • सोमवार, फाल्गुन २, २०७८
नयाँ राजनितिक अध्यायको सुरुवात फेरी नेकपा एमालेबाटै हुन्छ  नेता : साउँद

बाजुरा — त्रिबेणी नगरपालिका वडा न ८ पन्तालीका खड्क बहादुर साउँदले फेरी नेकपा एमालेबाट नया अध्यायको सूरुवात गर्ने बताएका छन । लामो समय एमालेमै रहेर काम गरेको र बिचमा पारिवारिक समस्याका कारण गैर सरकारी संस्थामा जागिर गर्दा एमालेको मुलधारको राजनितीमा सक्रिय भुमीका नरहेकोले फेरी यसको सूरुवात आजैका दिन देखी हुने बताएका छन । सोमबार एक बिज्ञप्ती जारी गर्दै उनले यस्तो बताएका छन । २०५४ साल सम्म नेकपा एमालेको सक्रिय कार्यक्रताको रुपमा रहेको भए पनि त्यसपछि पार्टीका गतिबिधीबाट टाढिएकोले पुन सक्रिय रुपमा लाग्ने बताएका छन ।
साउँदकाे बिज्ञप्ती जारी पछि नेकपा एमाले बाजुराले पत्रकार सम्मेलनको आयोजना गरी साउँद लाई स्वागत पनि गरिसकेको छ । नेकपा एमाले जिल्ला कमिटि सचिव भरत थापाको अध्यक्षतामा संचालन भएको पत्रकार सम्मेलन कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य लाल बहादुर थापा रहेका थिए ।
कार्यलय सचिव तथा प्रस्ताबित प्रचार बिभाग प्रमुख काशी विकले संचालन गरेको पत्रकार सम्मेलन तथा स्वागत कार्यक्रमा नेकपा एमालेमा प्रबेश गरेका खड्क साउँद, तथा नेकपा एमालेका जिल्ला कमिटिका उपसचिव जनक कुमार बोहरा पाटीका जिल्ला कमिटि सदस्यहरु नगर कमिटिका पदाधिकारी र पत्रकारहरुको सहभागीता रहेको थियो । नेकपा एमाले समंबिधानको रक्षक राष्ट्र राष्ट्रिय र लोकतन्त्रको रक्षक भएकोले आफु संगै अरुले पनि एमालेमै सहभागी हुन उनले अनुरोध गरेका छन ।

दुइ दशकको लामो समय पार्टीमा निस्कृय भएतापनि मैले फेरी वर्तमान अवस्थामा विकसित हुँदै गएको राजनीतिक घटनाक्रमले देश जटिल परिस्थितिबाट अगाडी बढ्दै गएपछि नेपाली जनता, राजनीतिक कार्यकर्ताले एकमात्र राष्ट्र राष्ट्रियता लोकतन्त्र, संविधान, स्वाभिमानको रक्षाको निम्ति फेरी एकपटक एकताबद्ध हुनु पर्ने अवस्था आएकोले आफु एमालेको सक्रिय राजनीतिमा फर्किएको पत्रकार सम्मेलन मार्फत बताएका छन् ।

May be an image of text

चर्चामा

सम्बन्धित समाचार