शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • पेसेवर भनेको केहो?

पेसेवर भनेको केहो?

  • आइतवार, फाल्गुन १, २०७८
पेसेवर भनेको केहो?

सुरेशकुमार पान्डे।
अहिले धेरैजसो पार्टीहरूमा पेसेवरको घोंईचोछ। आखिर पेसेवर भनेको के हो?त्यस्कोबारेमा बुझ्नै पर्ने कुरा पेसेवर मुख्यतः दुई प्रकारका हुन्छन।प्रथम आफै संगठ प्रति सम्रपितको भावन जन्मिएको निस्वार्थ ब्याक्ति जस्ले आफ्नो तमाम सुख सुबिधा र नीजि स्वार्थलाई छाडेर संगठनको मूल समस्यलाई बोकेका हुन्छन।आर्को पार्टीले आबस्याकता अनुसार केहि दिनका लागि मैनाको लागि वा केही बर्षका लागि भयपनि उस्को सहयोग लिन जीम्मा दिन्छन तर यि दुबै खाले पेसेवरको मुख्य उदेश्य पार्टी र संगठनको रक्षा र बिकाश गर्नेनै हुन्छ र हुनुपर्छ।एउटा क्रान्तिकारी शक्तिको रूपमा अगाडि सरेको पेसेवरलाई चिन्ने भनेको उसको ब्यबहारले नै हो र हुनुपनि पर्छ।
देशभक्त र क्रान्तिकारी शक्ति उस्को उदेश्य मुख्य रूपमा पार्टीलाई जोगाउँने र पार्टीको बिकाश गर्ने हुनुपर्छ।आखिर अहिलेको अबस्थामा कयौं आफ्नो पेसाको लागि पनि पेसेवर बनेका हुन्छन ति अवसरबादी र क्यारिरिष्ट प्रकारका ब्याक्तिले मौकामा चौका हान्ने दाउँमा हुन्छन।पार्टी संगठनका लागि यिनै सबैभन्दा खतरनाक हुन्छन।पेसेवरको बारेमा मैले धेरै पहिले देखि आफ्ना बिचारहरू सेर गर्दै आएकोछुँ।
हामिले पार्टी वा संगठनमा आएका सबै खाले पेसेवरलाई एउटै घानमा हालेर तौल्नुपनि हुँदैन बरू उन्को पार्टी संगठन पर्तिको ब्यबहार कस्तोछ?उस्को नीजि र पारिवारिक र सामाजीक ब्यबहार कस्तोछ यो आधारमा पेसेवरको मुल्याङकन गर्नुपर्छ।
अहिले सम्म नढांटी भन्नुपर्दा हाम्रो पार्टी वा संगठनलाई जति पेसेवर द्वारा नोक्सान पुगेकोछ त्यति उनिहरू बाट फाईदा पनि भयकोछैन।बरू पारटाईमपर कार्यक्रता वा नेताले आफ्नो खाएर पार्टीको काम गरेको लामू ईतिहाशछ।भारतमा कार्यरत प्रवाशी नेपालीहरूले आर्थिक नैतिक भौतिक सहयोग गरेर संगठनको बिकाश गर्दै आएको लामू करिव चारदशक भन्दा लामू ईतिहाशछ।
तर कतिपय पेसेवरले पार्टीको खाने र संगठनबाट फाईदा उठाएर आफ्नो क्यारियर बनाएका तमाम उधारणहरू पनि हाम्रो अगाडिछन यस्ता अवसरबादीहरूलाई वेलैमा चिनेर पाखा लगाउँनैपर्छ नत्र संगठनको भबिस्य दयानिय हुनेछ।
तर यो भन्नुको अर्थ संगठनलाई पेसेवर कार्यक्राता चाहिंदैन भन्नेकुरा भने बुझ्नु गलत हुनेछ संगठनलाई सयौं हजारौँ पेसेवर पनि चाहिन्छ तर पेसेवरले पार्टी संगठनको पारित भयको लाईनलाई नछोडि हिंड्नैपर्छ।
पार्टी संगठनले लिएको लाईनलाई आफ्नो लाईन सम्झेर संगठनको बिकासमा लाग्नुपर्छ।यस्ता देश र जनताको हितमा हुने नयांजनवादी क्रान्तिका पक्षधर पार्टीले अप्नाएको कार्यनीतिलाई ब्यबहारिकता दिन अकमकाउँनु हुँदैन त्यो आफ्नो बिचार संग मेल नखाएपनि त्यो पार्टीको बिचारहो र पार्टीको नियम भित्र अनिवार्य रूपमा आफु बस्नुनै अनुसाशनहो भन्नेकुरालाई आत्मासाथ गरेर जानुपर्छ।मैले पेसेवरका कुराउठाउँदा कतिपय इमान्दार पेसेवरहरूले अन्यथा नलिनुहोला।
हाम्रो संगठनमा हामिले थुप्रै पेसेवर जन्मायौं र ति पेसेवरहरू अन्य कतिपय पेसेवरभन्दा बिस्वासिला पनि प्रमाणित भयकाछन।किन भने भारत स्थित नेपालीहरू भनेको खास गरेर श्रमजीवी बर्गबाट आएको ब्याक्तिहो जस्ले परिश्रमगरेर कयौं बर्ष सम्म आफ्नो खाएर संगठनमा कामगरेका हुन्छन।
उनिहरू कलिलै उम्रेरमा संगठनको झोला बोकेर संगठन बिकाशका लागि कुंदेका हुन्छन त्यसकारणले उनिहरू ईमानदार हुन्छन।हुन त संगठनको बिकाशका लागि एकै दिनपनि कसैले योगदान दिन्छ भने त्यो राम्रो पक्षहो तर पनि लामू समय सम्म संगठनको कार्यमा दुःख सुख नभनि अनूकुल वा प्रतिकुल अबस्थामा पनि संगठनको काममा खटेको मान्छे खारिएको हुन्छ।आफ्नो स्वार्थ भन्दा संगठनको स्वार्थलाई माथि राखेर शंघर्षको बाटो रोज्नु भनेको सामन्यकुरा पनिहोईन।तर कतिपय कामचोर अल्छिहरू पनि आफ्नो पेसाको लागि क्रान्तिकारी गफ लगाएर हिंडेका हुन्छन।उनिहरूबाटनै संगठनलाई बढि खतरा हुन्छ।
अहिले कतिपय साथिहरू आफु असन्तुष्ट भयपनि कसै सँग संगठनको बारेमा नकारत्मक कुराहरू गरेकाछैनन् बरू कतिपय अबस्थामा आफ्नो असन्तुष्टी ब्याक्त गरेका देखिन्छन।लामू समय देखि संगठनमा लागेर दिनरात नभनी संगठनको बिकाशमा खटेका इमानदार कार्यक्रताहरू अहिले पनि संगठनको भलो चाहान्छन।
पेसेवरका कुरा गर्दा संगठनले काफि हदसम्म सचेत भयर मात्र इमान्दार कार्यक्रता लिने र थोरै भयपनि असल हौन र पार्टी संगठनका दरिला खम्बाहौन भन्नेनैहो।तर तिनिहरूको आबस्याक संगठनले पुरा गर्न सकोश।संगठनले जति पेसेवर राख्छ ति पेसेवरहरूको पारिवारिक समस्यलाई पनि निवारण गर्न सक्ने हुनुपर्छ।अहिलेको यो पुँजीवादी ब्यबस्थामा बिना पैसाको सिटामोल सम्म आउँदैन त्यसकारण पेसेवरहरूको बिमा सम्बन्धि पनि ब्यबस्था गर्नुपर्छ पारिवारीक उपचार खर्च पनि मिलाउँन सक्नुपर्छ उन्को अबस्था हेरेर।तर पेसेवर कार्यक्रताले संगठनको काम भन्दा आर्को काम गर्नु हुँदैन र संगठनको बिकाशको लागि मात्र उस्को ध्यायन हुनुपर्छ।पारटाईमपर कार्यक्रताले पनि संगठनको बिकासको बारेमा सक्दो काम गर्नुपर्छ तर अनुसाशनमा बसेर काम गर्ने सक्रिय कार्यक्रतालाई त्यहि अनुपातमा जीम्मा पनि दिनुपर्छ।संगठनमा लामु समय सम्म काम गरेका अनुसाशित कार्यक्रतालाई उन्ले लगातार काम गरेकाछन भने सिनौटीको पनि कदर गर्नैपर्छ।यो बिषयलाई अन्यथा लिनुभने हुँदैन त्यो प्रकृया हामिले बेलाबखतमा गर्दै पनि आएकाछौं तर त्यसलाई ब्यबस्थित रूपमा अगाडि सार्नुपर्छ।
यसो गर्दा तल्ला जर्नेसनहरूलाई प्रभाव पर्नसक्छ।कसैले दारी पालेको छ भन्दैमा त्यो सक्रिय मार्क्सको चेलो भैगो भन्ने धारणलाई पनि खारेज गरेर काम र ब्यबहारको आधारमा मान्यता दिनुपर्छ।कतिपय पेसाको लागि झोला बोकेर जनतामा भ्रमछर्नेहरू संगपनि साबधान हुनुपर्छ यिनिहरू मध्य कतिपय दुईटा डुंगाबाट आफ्नो वेडापार गर्न खोज्ने अवसरबादीहरू पनि कहिलेकसो अगाडि सर्न सफलभयका हुन्छन यि गलत ब्याक्तिहरू समयमै चिनेर निकालेर फाल्दा संगठनलाई नोक्सान हुँदैन बरू फाईदानै हुन्छ।

अहिले भारतको राजधानि क्षेत्र फरिदाबादमा संगठनले आठौं अखिल भारत सम्मेलन संघारमाछ।यो अबस्थामा संगठनको सम्मेलन भब्य र सानदार रूपमा सफल पार्ने पेसेवर पारटाईमपर सबै जीम्मेवार साथिहरू लाग्नु भयकोछ यो अत्यान्तै खुसिको कुराहो।भारतमा संगठनको स्थापनाकाल देखी परवाशी नेपालीहरूले संगठनलाई आफ्नो विस्व बिध्यालयको रूपमा बुझेकाछन त्यसैले संगठनलाई आफ्नो प्राणभन्दा बढी मायाँ गरेकाले संगठन झांगिदै गयको हुन्छ अन्यथा भारतमा पनि संगठनलाई पटक पटक सखाफ पार्न अभियान नचलाएका होईनन् छदमभेशिहरूले तर उनिहरू आफै सखाफ भयकाछन।

चर्चामा

सम्बन्धित समाचार