शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • प्रदेश ७
  • गौमुल गाउँपालिका जोड्ने घटमुना नदिमा पक्कि पुल निर्माण हुदै

गौमुल गाउँपालिका जोड्ने घटमुना नदिमा पक्कि पुल निर्माण हुदै

  • शुक्रबार, माघ २८, २०७८
गौमुल गाउँपालिका जोड्ने घटमुना नदिमा पक्कि पुल निर्माण हुदै

बाजुरा–बाजुराको गौमुल गाउँपालिका जोड्ने घट्मुना नदिमा गाडि गुड्ने पक्कि पुल निर्माण हुने भएको छ । बडिमालिका नगरपालिका र गौमुल गाउँपालिकाको बिचमा पर्ने घट्मुना नदिमा पक्कि पुल निर्माण प्रक्रिया अघि बढेको गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले वताएका छन् ।
सघिंय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत पुल निर्माण कार्य शुरु भएको हो । संघिय मन्त्रालय अन्तर्गत स्थानिय पुर्वाधार बिकास आयोजना कार्यलय धनगढीले घटमुना नदिमा पक्कि पुलका लागि ७ करोड ५० लाखको बोलपत्र आव्हान गरेको छ । ठेक्का खोलेर प्रक्रियामा गइसकेको चाडै पुल निर्माण भएर सदरमुकाम मार्तडी बाट गौमुल गाउँपालिकासम्म नियमित यातायात सञ्चालन हुने संघिय सांसद लाल बहादुर थापाले वताएका छन् ।
बाजुराको सदरमुकाम मार्तडी बाट गौमुल गाउँपालिकाको कार्यलय घटमुना सम्म १२ किलोमिटर रहेको छ । गाउँपालिकाको कार्यलयमा पुग्न २ वटा नदि रहेका छन् । मार्तडी नजिकै रहेको बाहुली खोलमा सडक डिभिजन कार्यलय साँफेले यो भन्दा पहिला नै ठेक्का प्रक्रिया अगाडि बढाइसकेको छ । अर्को ठुलो नदि घटमुनामा पक्कि पुल बन्ने भएपछि गौमुल गाउँपालिका बाह्रै महिना यातायात सञ्जालमा जोडिने भएको छ ।
घटमुना नदि गौमुल गाउँपालिका र बडिमालिका नगरपालिका जोडने नदि हो । गाउँपालिकाले घटमुना नदिमा पक्कि पुल निर्माणका लागि धेरै ठाउँको प्रयास गरेको वताएको छ । संघिय सासंद थापाले स्थानिय पुर्वाधार बिकास आयोजना धनगढी मार्फत संघ सरकार बाट बजेट राख्न लगाएपछि काम अघि बढेको गौमुल गाउँपालिका उपाअध्यक्ष सिता थापाले वताईन् ।
बाजुराको सदरमुकाम मार्तडी बाट गौमुल गाउँपालिकाको कार्यलय सम्म जोड्ने १२ किलोमिटर मध्ये ६ किलोमिटर कालोपत्रेको काम शुरु भइसकेको छ । ६ किलोमिटर असार सम्म काम सम्म गरिसक्ने रहेको छ । प्रदेश सरकार अन्तर्गत पुर्वाधार विकास कार्यलय साँफेबगर बाट कालोपत्रे काम भइरहेको छ ।
१२ किलोमिटर बाटो कालोपत्रे सम्पन्न सँगै दुइवटा नदिमा पक्कि पुल बन्ने भएपछि गाउँपालिकामा बाजुराको सदरमुकाम मार्तडी बाट बाह्रै महिना सडक सञ्जालमा जोडिने भएको हो । बाजुरामा गौमुल गाउँपालिका र खप्तडछेडेदह गाउँपालिकाको कार्यलय जोडने शाखा सडक कालोपत्र काम शुरु भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार