शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • अहिले मात्र बडिमालिका खवर अनलाईनको बारेमा दुई शब्द

अहिले मात्र बडिमालिका खवर अनलाईनको बारेमा दुई शब्द

  • बिहिबार, माघ २७, २०७८
अहिले मात्र बडिमालिका खवर अनलाईनको बारेमा दुई शब्द

बडिमालिका खबर ओनलाईनको आउँन लागेको तेस्रो बार्षिक उत्सवको हार्दिक मंगलमय शुभ कामना भन्न चांहे। वास्तबिक रूपमा पत्रकारीता भनेको त्यति सजिलो बिषयपनि होईन।एउटा निडर र निश्पक्षिय पत्रकारले बिभिन्न समस्यहरू संग जुझ्न परिरहेको हुन्छ शंघर्ष गरिराख्नुपर्छ।पत्रकारीता मोजमस्ति गरेको र आफ्नो रहर पुरागर्ने स्थान होईन यो प्राकृतिक समाज संग निरन्तर शंघर्ष गर्ने एउटा लडाकु वा याेद्धान नै हो।
कहिले दुर्गम क्षेत्रमा पहिरो र बाडि संग लड्दै तराईमा डुवान झेल्दै,प्रचण्ड घाम नभनि अत्याधिक चीसो नभनि पत्रकार मित्रहरू लगातार समाचार कवरेज गर्दै हिंड्नुहुन्छ।असामाजिक तत्वहरू संग नडराएर आफ्नो ज्यानको बाझि लगाएर लगातार शंघर्ष गर्ने आंट राख्छन।कोरोनाको महामारिको बाबजुद बिगतका बर्षहरूमा ज्यानको बाझि लगाएर समाचार तैयार पार्दै आएको प्रष्टैछ।अहिले पनि ओमिक्रोन जस्तो खतरनाक महामारिलाई झेल्दै समाचार लेख्दै आउँनु भएकोछ।
अहिले सम्म करिब सुरू देखिको इतिहाशलाई नियालेर हेर्दा एउटा निश्पक्षिय र निडर आवाज उठाउँदै आएको यो बडिमालिका खवर अनलाईन पत्रिकालाई हामिले दिनै पर्ने शुझवा त खासै केहि छैन।
म आफैले पनि करिब दुई बर्ष भन्दा लामाे समय देखि लगातार यो पत्रिकाको लागि दिनौं एउटा लेख गजल लेख्दै आएकोछु। अहिले सम्म पत्रिकाले देशभरि कोरोनाको कहरकै द्वारानमा पनि नडराएर निश्पक्षिय रूपमा अत्यान्तै निडर र साहाशी यो टिमको ब्यबहारलाई हामिले अनुभव गर्दै आएकाछौं।
तर भन्नै पर्दा लेखहरूलाई आफै हेरेर कतिपय शब्दहरू बिग्रे भत्तकिएका लाई दुरूस्त गर्नेभय झन राम्रो हुने थियो भन्ने मेरो शुझाव मात्र हो।
बडिमालिका खवर लगभग देशभरीका समाचारहरूलाई कवरेज गर्दै आएकोछ यो दाैरानमा पत्रकार मित्रहरूको भूमिका निश्पक्षिय र निडर देखा परेकोछ। पत्रिकामा कामगर्ने टिमको अभावमा पनि कोरोनाकै महामारीका बावजुद पत्रकार मित्रहरूले देखाउँनु भयको सक्रियताले पत्रिकाको गरिमामय उच्च धरतलमा लगेकोछ।
बडिमालिका खवर अनलाईनले भारत लगायत बिभिन्न देशहरूमा आफ्नो पसिना बगाएर जीवन यापन गरेका लाखौलाख श्रमजीवीहरूको हक र हितको लागि पनि आवाज उठाओश,भारत लगायत बिभिन्न देशहरूमा कामलाई खोज्दै बाध्यता बस परदेश पुगेका तमाम श्रमजीवी जनताको पक्षमा लगातार आवाज उठाओश भन्दै मैले पुग्नै लागेको यो तेस्रो बर्षको शुभ कामना र उज्वल भविस्यको पनि हार्दिक शुभ कामना दिंन चाहान्छुं।
मैले अहिले सम्म लगातार बडिमालिका आँनलाईनको माध्यायम बाट नियमित लेख रचनाहरू खास गरेर गजल र आफ्ना बिचारहरू लेख्दै आएकोले पनि अहिले यो आनलाईनले प्रतिकूल परिस्थिति सँग शंघर्ष गर्दै तेस्रो बर्ष पुरा गर्दा मलाई पनि धेरै खुसी अनुभुति भयकोछ।आगामि दिनहरूमा पनि पत्रिकाले यस्तै निडर र सहाशको परिचय दिनेछ भन्ने मैले आसा गरेकोछुँ।

चर्चामा

सम्बन्धित समाचार