बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • शिक्षा
  • हिमाली गाउँपालिकाकाे याेजना, धुलो मुक्त बिधालय अभियान

हिमाली गाउँपालिकाकाे याेजना, धुलो मुक्त बिधालय अभियान

  • सोमवार, माघ २४, २०७८
हिमाली गाउँपालिकाकाे याेजना, धुलो मुक्त बिधालय अभियान

बाजुरा — बाजुरा जिल्लाको हिमाली गाउँपालिकाले गुणस्तरीय शिक्षा हाँसिल गर्नको लागि शैक्षिक बाताबरण पनि स्वस्थकर चाहिने र धुलो र चिसो भुइमा बसेर पढ्नुपर्ने बाध्यताले गुणस्तरीय शिक्षा हाँसिल नहुने भन्दै धुलो मुक्त बिधालय अभियान अघि सारेको छ | गुणस्तरीय शिक्षाको कुरा गर्दै गर्दा ग्रामीणक्षेत्रमा रहेका अधिकांस बिधालयमा अध्ययन गरिरहेका बिधार्थीहरु बस्ने डेस्क बेन्च र ओछ्याउने कार्पेटको अभावले गर्दा धुलो भएको भुईमा बसेर बालबालिकाहरुले अध्ययन गर्नुपर्दा उनीहरुले हाँसिल गर्ने शैक्षिक स्थिति पनि राम्रो नभएको समस्यालाई मध्यनजर गर्दै यो योजना अगाडी बढाईएको कुरा गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताए ।

No description available.
हिमाली गाउँपालिकाका अधिकांस बस्तीहरु ग्रामिण क्षेत्रमा रहेका र समुदायस्तरका बालबालिकाहरुले पठनपाठन गर्ने बिधालयहरुमा पर्याप्तमात्रामा डेस्क बेन्च तथा कार्पेटको अभावको कारण चिसो भुईमा बसेर बालबालिका हरुले अध्यन गरिरहेका र यसले शिक्षा आर्जन गर्न गएका बालबालिकाहरु निमोनिया लगायतक रोगहरु लिएर घर फर्किने समस्या थियो हामीले गाउँपालिकाको आफ्नै श्रोत बाट गाउंपालिकाका सबै बिधालयलाई चाहिनेमात्रामा डेस्क बेन्च र कार्पेट वितरण गरेको कुरा गाउँपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताए ।
गाउँपालिका भित्र जम्मा २२ ओटा बिधालयमा ३५०० भन्दा बढी बिधार्थीहरु अध्ययन गरिरहेका र सबै विधार्थीलाई पुग्ने गरि प्राम्भिक बालकक्षा देखि ३ कक्षा सम्मका बालबालिकाहरुका लागि १ हजार ५० मिटर कार्पेट र कक्षा ३ देखि १२ कक्षा सम्मका बिधार्थीको लागी ७ सय भन्दा बढी डेस्क बेन्च वितरण गरिएको र अब कुनै पनि बिधार्थिले धुलो र चिसो भुईमा बसेर पठनपाठन गर्नु नपर्ने कुरा प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताए ।

चर्चामा

सम्बन्धित समाचार