मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • समाज
  • बाजुराको रुढि गाउँमा चरम खाद्य संकट, सँगै कुपोषण

बाजुराको रुढि गाउँमा चरम खाद्य संकट, सँगै कुपोषण

  • सोमवार, माघ २४, २०७८
बाजुराको रुढि गाउँमा चरम खाद्य संकट, सँगै कुपोषण

बाजुरा–बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका १ रुढि गाउँमा चरम खाद्य संकट सँगै बालवालिका र सुनौला हजार दिनका आमा कुपोषण दर बढीरहेको छ । गाउँमा रहेका अधिकांश बालबालिका कुपोषित रहेको शिक्षक धन बहादुर धामिले वताएका छन् ।
बालबालिका मात्र नभइ गर्भवती, सुत्केरीमा समेत कुपोषण रहेको शिक्षक धामिले वताए । गाउँमा आठ बर्ष देखि चरम खाद्य संकटको चपेटामा परेपछि गाउँमा कुपोषण दर बढेको हो । रुढि गाउँमा रहेका रहेका १ सय ५६ परीवार बाह्रै महिनामा चरम खाद्य संकटको मारमा रहेको स्थानिय दिल बहादुर धामिले वताएका छन् ।
बच्चाहरुका लागि खानेकुरा पुयाउन सक्दौनौ, आफुहरु त पेटभरी खान पाउदैननौ कुन दिन त खाना नखाएर भोकै बस्नु पर्ने बाध्यता रहेको स्थानिय अर्चना कार्कीले वताएकी छन् । नुनको धुलो सँग खाने गरेका छौ, त्यहि पनि मोटो चामलले छाक टारीरहेका छौ, स्वास्थ्य समेत कमजोर भएको अर्चनाले वताईन् ।
चरम खाद्य संकट सँगै महिलाहरु र बच्चाहरुमा रक्क्तअल्पता र कुपोषित रहेका छन् । हरियो सागपात, गेडागुडी फलफुल केही खान पाउदैनौ, गाउँमा धेरै महिला र बच्चाहरु कुपोषित रहेको स्वयसेविका विना भुलले वताईन् । महिलाहरुले पेटभरी खान पाउदैनन, बच्चा पाउने महिलाहरु समेत कुपोषित रहेको उनले वताईन् । बच्चा पाउने बेला उनिहरुलाई समस्या हुने वताए ।
लगातारको खडेरी र गाउँमा रहेको रुढि सिचाई कुलो सुख्खा पहिरोले बगाएपछि खेति योग्य जमिन आठ बर्ष देखि बाझै रहेको स्थानिय विर बहादुर कार्कीले वताएका छन् । जग्गा भएपनि न पानि परयो, न सिचाई कुलो नै, पानि आएपनि खेति लगाउने बेला आउदैन अनि ८ बर्ष देखि बाँझो रहेको उनले वताए । राम्रो सँग उब्बजनी नभएपछि खान लाउन नपुग्दा कुपोषण दर बढेको हो ।
गाउँमा खानेपानि समेत नहुदा २ किलोमिटर टाढा बाट खोलाको पानि ल्याएर खानु परेको स्थानियले वताएका छन् । बाह्रै महिना किनेर खानु पर्ने बाध्यता भएपछि पुरुष जति भारतमा नौकरी गर्न जाने गरेको कार्किले वताए । लोग्ने भारतमा पैशा कमाउछन् अनि कोल्टि बाट चामल किनेर परिवार पाल्ने गरेको विर बहादुरले वताए । गाउँमा खान नपुग्ने भएपछि १३ परिवारले बसाइ समेत सारेका छन् ।
२ करोड भन्दा बढी लगानिमा सिचाई कुलो निर्माण भएको केही बर्षमै सुख्खा पहिरोले बगाएको थियो । पटक पटक मर्मत गर्न लागेपनि पहिरोका कारण सिचाई कुलो सञ्चालनमा आउन नसकेको स्थानियले वताएका छन् । सिचाई भएपछि रुढि गाँउमा खेतियोग्य जमिनका रुपमा चिनिने गरेको थियो । माथि बाट सुख्खा पहिरो छ, तल गाँउ छ, गाँउनै जोखिम रहेको छ, अर्कोतिर एकातिर लामो देखी खडेरी छ अन्न लगाउन पाएका छैनन्, पैशा कमाउन पुरुष सबै भारत गएको जानकी तिरुवाले वताएकि छन् । हातखुटा काम्ने चक्रर आउने, कमजोरी पन जस्ता समस्या देखा परेको उनले वताईन् ।
रुढि गाँउ माथि बाट सुख्खा पहिरो बगिरहेको छ । २०६९ सालमा सुख्खा पहिरोले ३ जनाको मृत्यु भएको थियो भने १० परिवार पुणर् रुपमा बिस्थापित भएका थिए । २०७२ सालमा कार्तिकमा पनि सुख्खा पहिराले २३ परिवार बिस्थापित भएका जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । पहिरो बाट खेतियोग्य जमिनमा समेत क्षति पुयाएको छ ।

चर्चामा

सम्बन्धित समाचार