शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिका स्थानीय पाठ्यक्रम निर्माणको अन्तीम चरणमा

बडिमालिका नगरपालिका स्थानीय पाठ्यक्रम निर्माणको अन्तीम चरणमा

  • शुक्रबार, माघ २१, २०७८
बडिमालिका नगरपालिका स्थानीय पाठ्यक्रम निर्माणको अन्तीम चरणमा

बाजुरा — बाजुराको सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । स्थानीय विषयवस्तुलाई समेटेर नगरपालिकाका सबै विद्यालयमा कक्षा एक देखि तिनसम्म स्थानीय पाठ्यक्रम लागू गर्ने भएको हो ।
स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोत, साधन तथा स्थानीय परिवेश अनुकूलका स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम निर्माण गर्न लागेको बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताए ।

नगर प्रमुख बडुवालका अनुसार पाठ्यक्रममा वनजंगल, जडिबुटी, कृषि, जातिगत विविधता, ऐतिहासिक तथा सांस्कृतिक र भौगोलिक पहिचान समेतलाई समेटिने बताए । सुक्रबार नगरपालिकामा पाठ्यक्रम निर्माण मस्यौदा समितिले सरोकारवालहरु संग छलफल गर्दै सो पाठ्यक्रम निर्माणको मस्यौदा समितिको अन्तीम छलफल रहेको बडिमालिका नगरपालिकाका प्रमुुख प्रशासकिय अधिकृत रंगमल बिकले बताए । हाम्रो स्थानीय पाठ्यक्रम अरु स्थानीय तहका लागि पनि सन्दर्भ स्रोेत बन्न सक्ने गरि निर्माण गरिएको बडिमालिका नगरपालिका शिक्षा शाखाका प्रमुख राम बहादुर कटुवालले बताएका छन् । साथै उनले नगरपालिकालाई समृद्ध पालिका बनाउन पाठ्यक्रम निर्माणले पनि सहयोग पुग्ने अपेक्षा गरेको बताए ।
स्थानीय पाठ्यक्रम निर्माण समितिले अन्तीम चरणमा ड्राफ्ट निर्माणको काम सम्पन्न गरिसकेको समितिले जनाएको छ । ड्राफ्टमा स्थानीय स्रोत साधनको परिचालन, जीविकोपार्जनको सम्भावना तथा धर्म संस्कृतिको प्रवद्र्धन, नगरपालिका सामाजिक, राजनीतिक क्षेत्रलाई समेत पाठ्यपुस्तकामा समाबेश हुने समितिले जनाएको छ ।
बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालको अध्यक्षतामा संचालन भएको कार्यक्रममा सबै वडाका वडाअध्यक्ष वडा सदस्य कानर्यपालिका सदस्य र बिषयगत शाखाका प्रमुखहरुको सहभागीता रहेको थियो । बडिमालिका नगरपालिकाको हलमा संचालन भएको कार्यक्रमको संचालन स्थानीय पाठ्यक्रम निर्माण मस्यौदा समितिका सदस्य श्याम बहादुर रावलले संचालन गरेका थिए ।

सो कार्यक्रममा स्थानीय पाठ्यक्रम ऐन राष्ट्रिय निती तथा प्रबधानहरुका बिषयमा शिक्षा तथा खेलकुद शाखाका प्रमुख राम बहादुर कटुवालले जानकारी गराएका थिए । स्थानीय पाठ्क्रम निर्माणको मस्यौदा हाम्रो बडिमालिका नामक पाठ्यक्रमको बारेमा छलफल मस्यौदा स समितिका सदस्य बेद प्रकाश जोशीले सहजीकरण गरेका थिए । कार्यक्रमका सहभागीहरुले केही कुराहरु छुटेकोले सो कुरालाई सो पाठ्यक्रममा समेट्न सुझाव दिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार