शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिकाका चार वटा बिद्यालयका ६५ बिद्यार्थीहरुलाई जकेट बितरण

बडिमालिकाका चार वटा बिद्यालयका ६५ बिद्यार्थीहरुलाई जकेट बितरण

  • बुधबार, माघ १९, २०७८
बडिमालिकाका चार वटा बिद्यालयका ६५ बिद्यार्थीहरुलाई जकेट बितरण

बाजुरा — जिल्लाको बडिमालिका नगरपालिका वडा न ७ मा रहेका ४ ओटा बिद्यालयमा रहेका ६५ जना बालबालिकाहरु लाई जकेट बितरण गरिएको छ । बडिमालिका नगरपालिका वडा न ७ का वडा सदस्य धनलाल पाध्यायको समन्वयमा काठमाण्डौका एक ब्यापारीले सहयोग गरि बितरण गरिएको हो ।

ज्ञानोदय माध्यामिक बिद्यालयमा एक कार्यक्रमका बिच जकेट बितरण गरिएको वडा सदस्य धनलाल पाध्यायले बताएका छन । वडा सदस्य पाध्याय काठमाण्डौ गएको बेला नेपाली काग्रेसकी केन्द्रीय सदस्य बिद्या तिमिल्सेनाको समन्वय र काठमाण्डौका ब्यापारी टुप प्रसाद दाहलको सहयोग वडा सदस्य धनलाल पाध्यायको सहजीकरणमा सो साम्रगी बितरण गरिएको वडा सदस्य पाध्यायले बताएका छन ।

ज्ञानोदय माध्यामिक बिद्यालयमा ३० बिद्यार्थी, लक्ष्मी माबिका २० बिद्यार्थी सरोस्वती आधारभुत बिद्यालयका १५ जना र कालिका आधारभुत बिद्यालयका १० जना बालबालिकाहरुलाई सो साम्रगी बितरण गरिएको वडा सदस्य पाध्यायले जानकारी दिएका छन ।
ज्ञानोदय माबिका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष धर्मराज पाध्यायको अध्यक्षतामा संचालन भएको जकेट बितरण कार्यक्रमको प्रमुख अतिथि नेपाली काग्रेस बाजुराका निर्बतमान सभापती कबिराज पण्डित रहेका थिए । बिद्यालयका प्राधानाध्यापक बिजयराम पाध्यायले संचालन गरेको सो कार्यक्रमका बिषिष्ठ अतिथि नेपाली काग्रेसका सुदुर पश्चिम प्रदेशका सदस्य धनराज पण्डित रहेका थिए । कार्यक्रममा ४ ओटै बिद्यालयका शिक्षकहरुको उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार