शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा माघ २० देखी २३ गते बिद्यार्थीलाई कोरोना बिरुद्धको खोप लगाइदै

बाजुरामा माघ २० देखी २३ गते बिद्यार्थीलाई कोरोना बिरुद्धको खोप लगाइदै

  • बुधबार, माघ १९, २०७८
बाजुरामा माघ २० देखी २३ गते बिद्यार्थीलाई कोरोना बिरुद्धको खोप लगाइदै

बाजुरा — बाजुरा जिल्लामा १२ बर्ष देखी १७ बर्ष समुहका बालबालिकाहरुलाई कोरोना बिरुद्धको खोप लगाउने स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । खोप लगाउने भएपछि माघ २० गते देखी २३ गते सम्म बिद्यालय संचालनमा ल्याइने भएका छन् ।
२०७८ पौष महिनामा खोप लगाएका १२ बर्ष समुह देखी १७ बर्ष समुहका बालबालिकाहरु दोस्रो डोज मोडर्ना खोप लगाउने र १२ बर्ष समुह देखी १७ बर्ष समुहका छुटेका बालबालिकहरु पहिलो डोज खोप लगाउने भएकोले ३ दिन बिद्यालय संचालन गरिने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
माघ २४ गते देखी पुन सबै बिद्यालयहरु बन्द गरिने निणर्य गरिएको जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले निणर्य गरेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन ।
जिल्लाका सबै पालिकामा खोपहरु पठाउने कार्य भईरहेकोले २० गते सबै खोप केन्द्र रहेका बिद्यालयमै गएर खोप लगाउने अभियान संचालन गरिएको प्रमुख पन्तको भनाई रहेको छ । यस अघि पहिलो खोप लगाएका १७ हजार ६ सय ३७ जना बालबालिकहरुलाई दोस्रो डोज खोप लगाउने र दोस्रो चरण अन्तरगत ७ भन्दा बढि बालबालिकाहरुलाई पहिलो खोप लगाउने कार्य अगाडी बढाईएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
त्यसै गरी २३ हजार भन्दा बढि बालबालिकाहरुलाई कोरोना बिरुद्धको खोप लगाउने उदेस्य सहित सो अभियान संचालन गरिने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्तले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार