शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा शनिबार ८ जना एन्टिजेन र १५ जना पीसिआर गरी २३ जना कोरोना पोजेटिभ

बाजुरामा शनिबार ८ जना एन्टिजेन र १५ जना पीसिआर गरी २३ जना कोरोना पोजेटिभ

  • शनिबार, माघ १५, २०७८
बाजुरामा शनिबार ८ जना एन्टिजेन र १५ जना पीसिआर गरी २३ जना कोरोना पोजेटिभ

बाजुरा  — बाजुरा जिल्लामा सनीबारको रिर्पोट अनुसार ८ जना एन्टिजेन र १५ जना पीसिआर पोजेटिभ गरी २३ जना कोरोना पोजेटिभ रिर्पोट सार्बजनिक गरेको छ ।
शुक्रबार र सनीबार १५ जनाको एन्टिजेन परिक्षण गरीएकोमा ८ जनाको रिर्पोट पोजेटिभ आएको छ, भने ३९ जनाको पीसिआर परिक्षणमा १५ जनाको रिर्पोट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले रिर्पोट सार्बजनिक गरेको छ ।
हिजोसम्मको पोजेटिभ संख्या १ सय ८७ र आजको थप २३ जना गरी २ सय १० जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कोरोना पोजेटिभ सबै संक्रमितहरुको स्वास्थ्य अबस्था सामान्य भएकोले सबै होमआईसोलेसनमै बसेको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्डर प्रकाशराज जोशीले बताए । स्वास्थ्य अबस्था समान्य भए पनि जो कोहीले संक्रमणलाई खेलाची नसम्झेस स्वास्थ्य मापदण्ड अपनाएर बस्न डाक्टर जोशीले आग्रह गरेका छन् ।
संक्रमित सबै नागरिकलाई संक्रमण जटिल हुन्छ भन्ने हुदैन एउटाको लाप्रबाहीले घर परिवार समुदायनै समस्यमा पर्ने हुन जाने भएकोले सचेत भएर बस्न समेत आग्रह गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार