मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • जब समाजमा अपबित्रताको खात हुनेगर्छ,

जब समाजमा अपबित्रताको खात हुनेगर्छ,

  • शुक्रबार, माघ १४, २०७८
जब समाजमा अपबित्रताको खात हुनेगर्छ,

जब समाजमा अपबित्रताको खात हुनेगर्छ,
सधैभरी खिचा तानि पनि वाईहात हुनेगर्छ।

बनाउँछन गुट उपगुट मन मिल्नेहरूले सधै,
त्यहि उदेश्यमा दिनौरात मुलाकात हुनेगर्छ।

चुनाव हौश नहौश जनतालाई केको चासो,
जति खर्च उत्ति महंगिको नै बर्षात हुनेगर्छ।

नेताहरूले कुन स्वार्थमा गर्छन चुनाव यहां,
जनताको नजरमा सधै कालो रात हुनेगर्छ।

जो जस्ले जसरी बुझेपनि त्यो चुनाव लाई,
प्रत्येक मानिसको आफ्नै औकात हुनेगर्छ।

सांच्चै भन्दा नाम त देश र जनताकै लागि,
तर स्वार्थमैसिद्धिने मान्छेको जात हुनेगर्छ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार