शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • कोरोनाको महामारि र बन्दको कहर!

कोरोनाको महामारि र बन्दको कहर!

  • बुधबार, माघ १२, २०७८
कोरोनाको महामारि र बन्दको कहर!

सुरेशकुमार पान्डे — अहिले कोरोनाको आर्को प्रजातिको ओमिक्रोन नामक वाईरसले फेरी कहर ढाएकोछ।वास्तिबिक रूपमा जव कोरोनाका प्रजातिहरूको आगमन हुन्छ अरू सामन्य जोरो खांसो रूघा त्यो कोरोनामा परिणित हुन्छ।अस्पत्तालमा जांदा बित्तिकै डाक्टर र स्वायम रोगिको मष्तिकमा सबैभन्दा पहिले कोरोना र यसैका प्रजातिहरूले घर गरिसकेका हुन्छन त्यसकारणलेपनि यसको बृद्धि भएको हो।
भन्निन्छ “बनमा बाघ छकि छैन तर मनको बाघले पहिलैई खाई सक्छ।”अहिले त्यहि भएकोछ अहिले सम्म यो बिमारीको पक्का उपचार कतै भेट्टिएकोछैन।कयौंले आफुले पक्का ज्ञारन्टि सहित उपचार गर्न सक्ने प्रचार प्रसार गर्दै आएका पनिछन तर त्यो एकप्रकारको हवाई बाण बनेकोछ।कोरोनाको रोकथामका लागि संसारभरीमा दुई पल्ट सम्म भ्याक्सिन लगाईयो तर त्यो भ्याक्सिन लगाएका हरूमा पनि कोरोना पोजेटिव फेला परेका कयौं उधारणहरूछन।दुनिया भरिका भ्याक्सिन बनाउँने कम्पनि को फाईदा भयो तर कोविडका रोगिहरूको योगति सुध्रिएन उस्तैछ।
सरकार सँग मात्र एउटा उपाय भेटिन्छ त्यो हो लाक डाउँन।के यस बाहेक कुनैपनि अर्को उपाया नभयकै होत?किन यसबाहेक यसको अर्को उपायछैन?यसबारे सरकार मौनछ।यो हाम्रो सरकार मात्रै होईन अरू छिमेकि देशहरूमा पनि यस्को कुनै उत्तर छैन।
यो कोरोना मुलुकमा प्रवेश गरेपछि देशको आर्थिक अबस्था त पहिदे देखिनै यिनि नेताहरूको ऐयासिले दयानिय भएकोहो।तर जनताको अबस्था अत्यान्तै नाजुक यो कोवेडको प्रवेश पछि भयो।त्यो किन भयो भने सरकारले अप्नाएको लाकडाउँने गर्दा भयो।अहिले देशमा स्कुल कालेज बन्दछन त्यसको सोझै असर ति बालबालिका बिध्यायर्थिहरूको भबिस्यामा परेकोछ अहिले त्यो नदेख्खेला तर भबिस्यमा त्यसैले गर्दा उनिहरूको लागि संकटको सामना गर्नैपर्नेछ।अहिले सरकारले उनिहरूलाई चुपगराउँन पास गराई दिएपनि उनिहरूको निजि जीवनमा त्यसले ठुलो असरपुराउँनेछ।शिक्षालाई अपाहिज बनाएपछि देशको भबिस्यमा पनि त्यसको असर पर्दछ।
लाकडाउँनले गर्दा सबैभन्दा बढि नोक्सान बिध्यार्थि र गरिब मजदुरलाई बढि पर्ने गरेकोछ।धनिले खोलेका कम्पन्निहरूको बिमा पनि गराएका हुन्छन उनिहरूको घाटाको पुर्ति बिमा कम्पनिले ब्यह्रोला सरकारले ब्यहोरला तर गरिब मजदुरलाई एकदिन काम नपाएपछि उस्ले के खाने बालबालिका कसरि पाल्ने त्यो सङ्कट तेर्छिएकोछ।गरिबका बालबालिका लागि ओनलाईन पढाउँन पनि थुप्रै समस्यहरूछन।कयौं ठाउँमा टावरले काम नगर्ने कसैले डाटा राख्न पनि नसक्ने त्यो अबस्थामा ओनलाईन पढाईको पनि गरिवका बच्चालाई “कागलाई वेल सरि”नै हुन्छ।जसको अबिभावक वेरोजगारछ काम खोज्दै हिंड्छ उस्ले यो महंगो नेट डाटा तानेर कसरी आफ्ना बालबालिकाको लागि पढाउँन सक्छ?यो मात्र ठुलाबडाहरूको सौलियतका लागि र बोर्डिग स्कुलका सञ्चालकका लागि फाईदा होला तर बालबालिकाको लागि यो एउटा झन जटिल समस्या त छंनै परिवारजनका लागा पनि ठुलो आर्थिक भारपर्दछ।
यो कोरोना र यसका प्रजाति ओमिक्रोन लगायतका बिमारिले गर्दा सर्वसाधारणलाई ठुलो नोक्सान ब्यह्रोनु परेकोछ।
अर्को बिदेश स्थित नेपाली श्रमजीवीहरूको झनै दयानिय अबस्थाछ।उनिहरू नत घरका न परका भयको अबस्थाछ।जन तन लाखौं खर्च गरेर बिदेशमा गयकाछन तर लाकडानले उनिहरूको नोकरी खोस्दा अत्यान्तै दयानिय अबस्था सिर्जित भयकोछ।बिगतको बर्षमा कतिपयले आत्माहत्य समेत गरेका थिए।
भारत स्थित नेपाली श्रमजीवीहरू गतबर्ष उनिहरूको अत्यान्तै दयानिय र कारोणिक अबस्थामा सामाजिक संगठनहरूले उनिहरूलाई मद्त नगरेको भए भोकैबस्ने अबस्था सिर्जित भयको थियो।त्यो वेलामा दुतावसका क्रमचारी समेतले फोन सम्म उठाएनन्।मूलप्रवाहनेपाली एकतासमाजले उनिहरूको उत्थान नगरेको भए उनिहरूको भोकै मर्ने स्थिति थियो।कैयौं दिन सम्म पैदल हिंडेर बोडरमा गयरपनि सरकारले नांका नखोल्दा एकमैना जति उनिहरूले बोडरमै बस्नु पय्रो।कयौं भागेर लुकेर गय यसरी कोरोना झनै फैलिएको थियो।
सरकारले कत्तिपनि जनताको भबिस्यको बारेमा चिन्ता गरेकोछैन।सरकारले लाक डाउन लगाएपछि आफ्नो जिम्मेदारी पुराभयको शम्झिन्छ त्यो पनि बिदेशीहरूको अनुसरण गरेर देशको अबस्थाको मूल्यांकन नगरेर जनतालाई दुःख दिनेकाम गर्दै आएको आभाष हुन्छ।हाम्रो देशको बिशिष्ट भुगौलिक अबस्थालाई पनि ध्यायन दिनेहो भने पहाडि भेगमा शुरक्षा बर्तिने हो भने लोक डाउन लगाउँनु पर्ने अबस्था पनि देखिदैन किन कि पहाडमा तराई मधेस जस्तो मानिसको भिड पनि हुँदैन र बाहिर बाट त्यतिआगमन पनि हुँदैन।त्यँहा लाक डाउन भन्दा शुरक्षाको आबस्याकता हुन्छ।बरू सिमानाहरूमा अलि सक्ताई गर्ने मानिसहरूको प्रवेशमा अलि छानबिन र प्ररिक्षाण गर्ने गरेपछि त्यो समस्यपनि पर्दैन।
बरू सरकारी वा प्राईवेट जुनसुकै बिध्यायलयमा पनि बढि साबधानि सँग बालसालिकाको पढाई गराउँदा बन्द नै गर्नुपर्ने आबस्याकता देखिदैन।
अहिले सरकारले बालबालिकाको पुरै भबिस्य सँग खेलवाड गरेकोछ।
हामिले सरकारको निर्देशनको पालना नगर्ने भन्ने होईन बरू सरकारले जनताको भबिस्यको पनि ध्यायन दिएर अगाडि लाकडाउँन भन्दा कारक र जनताको हितमा अरू पनि कुनै विकलवको खोजि गर्नुपर्दछ।हाम्रो देशको यति थोरै जन संख्या त्यसमा पनि आधा जनसंख्या बिदेशमाछन अस्तो अबस्थामा सरकारले उनिहरूको शुरक्षा गर्न नसकेर लाकडाउँन गर्छ।
बिदेशमा बसेका आफ्ना शन्तान कुन अबस्थामाछन त्यसबारे सरकारलाई कुनै सरोकारछैन।अहिले देशमा भयको गठबन्धनको सरकारले निर्वाचनका कुरा त खुब गर्छ तर आफ्ना नागरिकहरूलाई उनिहरू बसेकै ठाउँ बाट मतदान गराउँने ब्यबस्थामा कुनैपहल गरेकोछैन।ठिकैछ चुनाव होला वा नहोला त्यो छुट्टै बिषयहो तर चुनाव गर्दा कमतिमा आफ्ना नागरिकहरूले मतदान त गर्न पाउँनुपर्छ।सरकारले प्रवाशि नेपालीहरूको पनि खयाल राख्नुपर्छ।यो ओमिक्रोनले गर्दा थला परेको जनतालाई राहत दिनुको साटो लाकडाउन लगाएर झनै समस्य निम्ताउनु कहांसम्म ठिकहोला?

चर्चामा

सम्बन्धित समाचार