• होमपेज
  • समाज
  • वडाअध्यक्षले लगाएको त्रिबेणी नगरपालिकाको ताला सहमति विना ताला तोडे

वडाअध्यक्षले लगाएको त्रिबेणी नगरपालिकाको ताला सहमति विना ताला तोडे

  • बुधबार, माघ १२, २०७८
वडाअध्यक्षले लगाएको त्रिबेणी नगरपालिकाको ताला सहमति विना ताला तोडे

बाजुरा–त्रिबेणी नगरपालिकामा केही वडाअध्यक्ष तथा कार्यपालिका सदस्यले लगाएको ताला सहमति विना १ घण्टामा ताला तोडेका छन् । मंगलवार ४ बजेपछि नगरपालिका मनोमानी तरिकारले चलेको भन्दै नगरपालिकामा तालाबन्दि गरेको थियो ।
ताला लगाउने पक्षको माग सम्बन्धि कुनै सुनाई नगरि वडानम्बर ८ का वडाअध्यक्ष भिम बहादुर थापाले आफै ताला फोडेको वताएका छन् । जिल्ला प्रहरी कार्यलय बाजुराका अनुसार ताला लगाउने पक्षसँगको सहकार्य विना कसैको पनि सहमति बिना भिम बहादुर थापाले ताला भाँचेको जनाएको छ ।
त्रिवेणी नगरपालिका नगरप्रमुख र केही वडाअध्यक्ष तथा कार्यपालिका सदस्य बिच लामो समय देखि विवाद भइरहेको छ । वडा नम्बर १ का वडा अध्यक्ष मनराज बुढा, २ का वडा अध्यक्ष प्रभुराज जोशी, ५ का वडा अध्यक्ष गम्भिर बुढा, ६ का वडाअध्यक्ष खडक बहादुर बुढा, ७ का वडाअध्यक्ष प्रेम बहादुर थापा र ९ का वडा अध्यक्ष बिर बहादुर बिष्ट आन्दोलित रहेको छन् । त्यस्तै कार्यपालिका सदस्य राजेन्द्र सुनार, बेलुदेबी साउद र सीतादेबी अयडी पनि बिपक्षमा रहेका छन् ।
त्रिबेणी नगरपालिका ९ वटा मध्ये ६ वटा अध्यक्ष एकातिर नगरप्रमुख रामसिंह रावल, उपप्रमुख राधिका सुनार ३ वटा वडा अध्यक्ष बिपक्षमा रहेका छन् । नगरपालिकामा तालाबन्दि बिभिन्न माग राख्दै तालाबन्दि गरेका थिए । वडा अध्यक्ष प्रेम थापाले भने नगरप्रमुख रावलले मनोमानी तरिकाले नगरपालिका चलाएको भन्दै माग राख्दै आएका थिए । स्थगित नगरसभा पुस २१ गते राति आफुअनुकुल बनाइएका सदस्यहरुमात्र गोप्य रुपमा बोलाएर छापामार शैली नगरसभा चलाएको आरोप रहेको छ ।

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार