शुक्रबार, बैशाख १४, २०८१

गजल!

  • आइतवार, माघ ९, २०७८
गजल!

हाम्रो देशमा योवेला सिटामोलको पनि अभाव भयो,
लगाउने खोप पिउँनलाई झोलको पनि अभाव भयो।

कतै ओमिक्रोन कतै कोरोना वाईरस फैलिएकै वेला,
जनप्रतिनिधिको त मिठो बोलको पनि अभाव भयो।

बिक्रि हुन्छ चिनिको चास्नि महको भाउमा देशभित्र,
ब्यापारगर्दा किनहो तौल मोलको पनि अभाव भयो।

जनतालाई बिधुत दिएकात छन बारिमा बांस गाडी,
भनिन्छ हाम्रै देशभित्रमा पोलको पनि अभाव भयो।

अहिले महंगिले आकास छोएको छ हाम्रो देश भित्र,
एकपाथि तोरि पेल्नलाई कोलको पनि अभाव भयो

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार