बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • कला /साहित्य
  • लाचार (लघुकथा)

लाचार (लघुकथा)

  • शुक्रबार, माघ ७, २०७८
लाचार (लघुकथा)

जग्गु यो होटल राम्ररि हेरदेख गर्नु म कतै जानेकामछ!भन्दै होटलको मालिक निस्किन्छ।होटल मा जग्गु र अरू काम गर्ने ठिटाहरू थिए तिनै काम गर्ने मध्यको एकजना केहि मैना पहिले कुनै पहाडि गाउँ देखि आएको रम्मे पनि काम गर्दै थियो।
जग्गु होटलमा धेरै पुरानो कारिगर हो उस्लाई त्यो मालिकको बारेमा जानकारि थियो।मालिक अलि बढि ऐयासि स्वभावको थियो भन्ने कुरा त्यहि जग्गु बाहेक अरूलाई थाहानै थिएन।मालिक पनि बैबाहिक बालबच्चावाला त थियो तरपनि उस्को महिला प्रतिको ब्यबहार अलि संकालुनै देखिनथ्यो।
केहि मैना पहिले आएको रम्मे कुनै गाउँ बाट प्रेम बिबहा गरेर डल्लिलाई संगै लिएर आएको थियो उनिहरू गाउँ बाट सहरमा भागेर आएका थिए।काठ माण्डु जस्तो महंगो ठाउँमा बिना काम कति दिन टिक्न सकिनथ्यो।रम्मेलाई एक जना चिनेको उसैको गाउँले ले भाडामा रूम दिलाई दिएको थियो उस्ले नजिकै एउटा होटलमा काम लाग्यो मालिकले उस्लाई होईन उस्को श्रिमतिको अनुहार हेरेर उस्लाई काममा राखेको बारे रम्मे अनभिग्य थियो।डल्लि अति शुन्दर तरूनि थिई उस्लाई देखेपछि मालिक को नियत बिग्रिएको हुनुपर्छ।मालिकले क्वाटरमा ईनिहरू कतैबाट आएर बसेकाछन भन्ने थाहा पाएपछि रम्मेलाई बोलाउन पठाएर काममा राखेकोहो।
रम्मे घर जान ढिलो हुन्छ तेरो स्वस्निलाई यँहि बोलाएर खाना ख्वाउँनु भन्दै अह्राएको थियो।रम्मेले पनि मालिकको भनाईमा परिवारलाई त्यतै बोलायो र मालिकको नजिकैको एउटा टेवुलमा उस्लाई बसालेर खाना ख्वायको थियो।त्यो बेला जग्गुले मालिकको दृष्टीकोण तर्फ खुबै नियालेको थियो।मालिकको नजर उस्को अनुहार बाट अन्त थिएन।त्यसैले पनि घरि घरि रम्मेलाई ईसारा गर्ने प्रयात्न गर्थ्यो तर रम्मे अलि सोझो ब्याक्ति भएर खासै उस्को ईसारा बुझ्न सकिन।
यस्तै गर्दा गर्दै केहि मैना बिति सक्यो मालिक संग डल्लिको बिस्तारै अफेर चल्न थाल्यो।डल्लिले पनि यो जाबो रम्मे भन्दा मालिक सँग बस्न पाए भबिस्य साहाकार हुने कल्पना गर्न थालि।उस्लाई थाहा थिएन त्यो स्वार्थि मालिकको शड्यन्त्र।भित्र भित्रै त्यो मालिकको दुलि बन्ने सप्ना देखेेकि डल्लि रम्मे संग अलि टाडिंदै थिई।
यहि द्वौरानमा रम्मेलाई कति कति संक्का पर्न जान्छ कतै मालिक यो वेलामा आखिर कां जान्छ रम्मेले मालिक गएपछि पछि केहि बहाना बनाउँदै निस्किन्छ त्यो आफ्नो क्वाटरमा आएउँदा त्यँहाको दृश्य देखेर उस्को होश उड्छ।
मालिक र डल्लिको अश्लिल ब्यबहार देखेपछि रिशले अन्धा भएको रम्मे दुबैलाई लतार्दै नजिककै पोलिसको चौकिमा लगेर बुझाउँछ।तर आफ्नो श्रिमतिलाई फर्काएर खुब खार्छ उस्ले त्यो महिला सँग प्रेम बिबहा गरेकोले सके सम्म यो यस्ता बद्मासको हात नलागुस भन्ने उस्को उदेश्य हो।
तर केहि बेर पछि मालिकले प्रहरिलाई फकाएर त्यो पनि त्यँहा बाट छुट्छ।
मालिकको त्यस्तो हर्कतले रम्मे मन मष्तिकमा आगो बलेको थियो।तर के गर्न सक्थ्यो एकातिर गरिबीले उस्लाई लाचार बनाएको थियो।डल्लिको प्रेममा पागल भएर घरका मान्छे कसैको एक नसुनि प्रेम बिबाह गरेर सहर भागेको रम्मे अहिले पछुताएको थियो तर केगर्ने उ बिवश थियो।डल्लि पनि अब रम्मे सँग बसे जीवन भरे यिनै कुरा सुनाउँनेछ भन्ने मनैमनमा सोंचेकि थिई।तर रम्मेले भने ठिकैछ एक पल्ट मान्छे बाट गलति भयपनि अब आफ्नै गाउँमा गएर दुबैजनाले उतै झिना मसिना काम गर्ने सपना देखि रहेको हुन्छ।
अब रम्मेले अर्को ठाउँमा काम गर्न थालेको थियो केहि मैना काम गरेर घर जाने तैयारी गर्दै गर्दा एकदिन डल्लि आफ्नै क्वाटर बाट ला पत्ता हुन्छे।यसपालि त्यो अरू कसैं सँग होईन उसै रम्मेको गाउँले जस्ले भाडामा क्वाटर दिलाएको थियो त्यहि ब्याक्ति सँग भाग्छे।
रम्मेले डल्लि संग जसरि सुख दुःख बांटेर आफ्नो जीवन लाई किनारा सम्म लैजान देखेको सपना लाई डल्लिले मझधारमै छाडेर फरार हुन्छ।रम्मे पागल प्रेमि जस्तै लाचार भयर अब गाउँ तिर लाग्छ।

चर्चामा

सम्बन्धित समाचार