शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • एमाले सुदूरपश्चिम सम्पर्क कमिटीको अधिवेशन सम्पन्न, अध्यक्षमा धामी सर्बसम्बत

एमाले सुदूरपश्चिम सम्पर्क कमिटीको अधिवेशन सम्पन्न, अध्यक्षमा धामी सर्बसम्बत

  • शुक्रबार, माघ ७, २०७८
एमाले सुदूरपश्चिम सम्पर्क कमिटीको अधिवेशन सम्पन्न, अध्यक्षमा धामी सर्बसम्बत

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश सम्पर्क संगठन कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । एमाले सुदूरपश्चिम प्रदेश सम्पर्क संगठन कमिटीको अधिवेशन गएको पौष ३० गते उद्घाटन गरिएको थियो ।

एमाले सुदूरपश्चिम प्रदेश सम्पर्क संगठन कमिटीको अध्यक्ष पदमा दल बहादुर धामी विजय हुनुभएको छ । नेकपा एमालेको बझाङ काठमाण्डौ सम्पर्क मञ्चको अध्यक्ष हुदै सेती अञ्चल काठमाण्डौ सम्पर्क कमिटीको सचिव र देश संघियतामा गईसकेपछि सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीको सचिवको रुपमा लामो सयम काम गर्नुभएको धामी पेशाले कानुन व्यवसायी हुनहुन्छ ।

नेकपा एमालको विधान बमोजिम देशका ७४ वटा जिल्लाबाट काठमाण्डौमा विभिन्न पेशा रोजगार गर्ने नेता कार्यकर्ताहरुलाई पार्टीमा गोलबन्द गर्नका लागि पार्टीको जिल्ला सम्पर्क मञ्चहरु गठन गरिएका छन् । त्यसै गरि जिल्ला सम्पर्क मञ्चहरुको माथिल्लो कमिटीको रुपमा ७ वटा प्रदेश सम्पर्क कमिटीहरु रहने व्यवस्था छ । पार्टी विधान बमोजिम प्रदेश सम्पर्क कमिटीहरु भुगोलको जिल्ला कमिटी सरहको रुपमा रहेका छन् ।

गत पौष ३० गते देशभरका ७ वटै प्रदेश सम्पर्क कमिटीहरुको उद्घाटन कार्यक्रम सम्पर्क भई सो दिन सर्वसम्मतिबाट नेतृत्व चयन हुन नसकेपछि दोस्रो दिन अर्थात माघ १ गते सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीको नयाँ नेतृत्वका लागि निर्वाचन गरिएको थियो ।

निर्वाचनमा अध्यक्षका दुई जना प्रत्यासीहरुमा दल बहादुर धामी र राम कुँवर हुनुहुन्थ्यो । जम्मा २८० प्रतिनिधिहरु रहेको सो अधिवेशनमा २१० मत खसेको थियो । जसमा दल बहादुर धामीले १३७ मतका साथ विजयी हुनुभएको थियो भने अर्का प्रत्यासी राम कुँवरले ६४ मत पाई पराजय हुनुभएको थियो ।

सो कमिटीको उपाध्यक्षमा मान बहादुर साउद, सचिवमा रामदत्त पन्त र दुई जना उपसचिवमा ईमान कुमार बटाला र मनिषा भट्टराई निर्वाचित हुनु भएको थियो । पदाधिकारीहरु मध्ये सचिव पदमा रामदत्त पन्त निर्विरोध हुनुभएको र अन्य पदाधिकारीहरुको निर्वाचन भएको थियो । सदस्यहरुको हकमा अधिकांश निर्विरोध भए पनि बझाङ र बैतडीको भुगोलको लागि छुट्याईएको सदस्य पदमा निर्वाचन गरिएको थियो ।

पार्टी विधान बमोजिम ३ बर्षे कार्यकाल रहेको यस कमिटीले सुदूरपश्चिमका ९ वटा जिल्ला सम्पर्क मञ्चहरु हेर्नुपर्छ भने भुगोलको पार्टी बलियो बनाउनका लागि भुगोलबाट काठमाण्डौमा आई विभिन्न पेशा व्यवसाय गरिरहेका नेकपा एमालेका नेता कार्यकर्ताहरु तथा समर्थकहरुलाई पार्टीमा गोलबन्द गर्दै विभिन्न गतिविधिहरु गर्दै आएको छ ।

नवनिर्वाचित अध्यक्ष धामीका अनुसार ३ बर्षे कार्यकाललाई प्रभावकारी बनाउन योजना बनाईरहेको र लगत्तै कालापानी लिपुलेक लिम्पियाधुरामा भारतीयहरुले गरेको हस्तक्षेपका विरुद्ध सशक्त रुपमा आवाज उठाउने छ ।

त्यस्तै दार्चुलाका जयसिंह धामीलाई भारतीय सिमा सुरक्षा बलका जवानले तुईन काटेर महाकाली नदीमा बगाई हत्या गरेको बिषयमा नेपाल सरकारले हालसम्म कुनै पनि कुटनीतिक पहल नगरेको बिषयमा पनि आवाज उठाउने उहाँले बताउनुभयो । सुदूरपश्चिमको बिकास निर्माण समेतका सवालमा सुदूरपश्चिममा नेकपा एमाले बलियो बनाउनका लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्ने उहाँको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार