बिहिबार, बैशाख १३, २०८१

गजल!

  • शुक्रबार, माघ ७, २०७८
गजल!

स्विकारनै पर्छ मानिस बाट भुल भएपछि,
बर्गिय शंघर्षमा त्यो नैतिक रूल भएपछि।

बढार्नुपर्छ मनको आगनलाई वेलावेलामा,
हावा हुरी बाट आउने केहि धुल भएपछि।

एता र उता भड्किनु पर्दैन साथिहरू लाई,
आफुसँग गनतब्यपुग्ने बाटो मूल भएपछि।

चिन्ता नगर आमूल परिवर्तन समेत होला,
आउने दिनमा अबस्था अनूकुल भएपछि।

एउटै नियम भित्र बस्नु पर्छ हामि सबैलाई,
हामिसबैले बनाएको यहि अशुल भएपछि।

केहि तितम परिम त भइनै रहनेगर्छ शाथि,
जान अन्जान मा मानिशको हुल भएपछि।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार