शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • जोत्ने गोरु बिक्रि गरेर श्रीमतिको उपचार गरेका मुगुका हस्तलाइ आर्थिक सहयोग

जोत्ने गोरु बिक्रि गरेर श्रीमतिको उपचार गरेका मुगुका हस्तलाइ आर्थिक सहयोग

  • बिहिबार, माघ ६, २०७८
जोत्ने गोरु बिक्रि गरेर श्रीमतिको उपचार गरेका मुगुका हस्तलाइ आर्थिक सहयोग

बाजुरा–मुगुको सोरु गाउँपालिका ५ बस्ने हस्त बुढाको परिवारलाई आर्थिक सहयोग गरिएको छ । बडिमालिका खबरमा जोत्ने गोरु बिक्रि गरेर श्रीमतिको उपचारका लागि बाजुरामा पुगेका हस्त बुढाको समचार प्रकाशित पछि उनलाई सहयोग भएको सुमन कुमार शाहीले वताएका छन् ।
समचार प्रकाशित पछि नेपाल सरकारका पुर्व सचिब तथा सामाजिक अभियान्ता भिम उपाध्यायले सामाजिक सञ्जालमा पोष्ट गरेपछि देश बिदेश बाट सहयोग जुटेको हो । उनले बिक्रि गरेको गोरु फिर्ता गर्न र उपचारमा लागेको थप रकम तिर्न लागि ७७ हजार ५ सय जम्मा भएको अभियान्ता भिम उपाध्यायले वताएका छन् । हस्त बुढाको परिवारको अबस्था बाहिर आएपछि देशबिदेश बाट सहयोग भएको उपाध्यायले वताएका छन् ।
हस्त बुढालाई बाजुराको सदरमुकाम मार्तडीमा बोलाएर १५ हजार नगद हस्तान्तण गरिएको छ । बाँकि रकम भिम उपाध्यायले सोरु गाउँपालिकामा हस्त बुढाको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा जम्मा गरिदिएका छन् । नगद रकम भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराका सुचना अधिकारी सिद्धराज जैशी मार्फत रकम हस्तान्तरण गरिएको छ । हस्त बुढाको परिवार उपचारमा अलपत्र रहेको जानकारी भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका कर्मचारी सुमन कुमार शाहीले बडिमालिका खबरको टिमलाइ जानकारी गराएका थिए । बडिमालिका खबरको टिम अस्पतालमा पुगेर हस्त बुढाकी श्रीमतिको बारेमा समचार प्रकाशित गरेको थियो ।
हस्त बुढा कार्तिक २७ गते श्रीमतिलाइ बोकेर उपचारका लागि अस्पताल बाजुरामा पुगेका थिए । घर बाट हिडेको चार दिन पछि उनि एक छोरी श्रीमति सहित बाजुराको सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पताल बाजुरामा पुगेर उपचार गरेका हुन् । चरम गरिबिको मारखेपिरहेका हस्तले जोत्ने गोरु बिक्रि गरेर उनि श्रीमति बोकेर उपचारका लागि बाजुरा पुगेका थिए । ४० बर्षिय श्रीमति असाढि बुढाको दाँतमा चार महिना देखी दातमा समस्या भएको थियो । गाउँमा उपचार गर्दा सञ्चो नभएपछि उनि उपचारका लागि बाजुरा पुगेका थिए ।
असाढिको दातमा समस्या आउने बितिकै स्थानिय मेडिकलमा उपचारमा पुगेका थिए । मेडिकलमा दात निकाल्दा अन्यत्र घाउ भएको थियो । तिन महिना सम्म पनि दुखाइ कम नभएपछि स्थानिय स्वास्थ्यकर्मीले सुबिधा सम्पन्न अस्पताल जान भनेका थिए । दाँतमा समस्या भएको केही महिना पैसा नपाएर उनले घरमै पिडा भोग्दै आइन् । ४ महिना पछि खेति लगाउने समयमा गोरु बिक्रि भएपछि २ बर्षिय छोरी श्रीमति बोकेर उपचारमा आएको हस्त बुढाले वताएका थिए । १ हप्ता जिल्ला अस्पतालमा उपचार पछि घर फिर्ता भएका थिए ।
गाउँमा सबैले अब यो घाउ भएको छ, क्यान्सर हुन सक्ने भनेपछि हस्त डराएका थिए । अस्पताल बाजुरामा पुग्ने बितिकै स्वास्थ्यकर्मी सँग उनि भन्थे श्रीमतिको दाँतको क्यान्सर भएको त्यसैले हामी ४ दिन लगाएर उपचारमा आएको बताए । हस्त र उनकि श्रीमति घरमा साना ३ वटा बच्चा छोडेर उपचारमा आएका थिए । घरमा १० बर्षका गगन बुढा, ५ बर्षकि दुर्गा बुढा र ५ बर्षकि सुन्दरा बुढा घरमा छन् । २ बर्षकि उनसा बुढा भने सँगै बोकेर उपचारमा आएका छन् । अस्पताल बाजुराका स्वास्थ्यकर्मी भन्छन्, गाउँमा रहेको स्वास्थ्यकर्मीले जथाभाबी दात निकाल्दा यस्तो समस्या भएको वताएका थिए् । हस्तको गाउँ सोरु गाउँपालिकाका नेर गाउँ हो । यो गाउँ मुगुको निकै दुर्गम गाउँ हो । हुम्ला सँग जोडिएको यो गाउँ प्राय उनिहरुलाइ घर कहाँ हो भन्दा हुम्ला नै भन्ने गरेको हस्त बुढाले वताएका छन् । यहाँका धेरै बासिन्दाहरु स्वास्थ्य सेवा बाट बिमुख रहदै आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार