शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • खेलकुद
  • बिधायक रामकिशोर यादवले क्रिकेट बिजेताको प्रसंशापत्रबाट समानित गरियो 

बिधायक रामकिशोर यादवले क्रिकेट बिजेताको प्रसंशापत्रबाट समानित गरियो 

  • बिहिबार, माघ ६, २०७८
बिधायक रामकिशोर यादवले क्रिकेट बिजेताको प्रसंशापत्रबाट समानित गरियो 

रौतहट —  मधेश आन्दोलनका शहिदहरुको सम्मानमा नेपाल पत्रकार महासंघ रौतहट शाखाले आयोजना गरेको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा राष्ट्रसेवक कर्मचारीको टिम विजय भएको छ ।

विभिन्न संचारमाध्यमका प्रतिनिधित्व गर्ने रौतहटका संचारकर्मी र विभिन्न सरकारी कार्यालयहरुमा कार्यरत राष्ट्रसेवक कर्मचारी बिच भएको एक दिवसीय मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा संचारकर्मीको टिमलाई ३५ रनले पराजित गर्दै कर्मचारीको टिम विजेता बनेको हो ।

टाँस हारी पहिले बल्लेबाजी गरेको कर्मचारीको टिमले निर्धारित २० ओभर खेल्दै आफ्नो सम्पूर्ण विकेटको क्षतिमा विपक्षी संचारकर्मीलाई १ सय ३६ रनको लक्ष्य दिएको थियो । १ सय ३६ रनको लक्ष्य पक्ष्याउदै मैदान भित्रीएको संचारकर्मीको टिमका खेलाडिहरुको फितल्लो प्रर्दशनले १ सय १ रन मात्रै जोडन सकेको हो ।

संचारकर्मीका तर्फबाट प्रभावकारी न्युजका प्रकाशक प्रविण टिबडेवालले विपक्षी टिमको ३ महत्वपूर्ण खेलाडि लाई आउट गरेको थिए भने बल्लेबाजी तर्फ ५ रन बनाई नटआउट रहेको थिए ।

त्यस्तै कर्मचारीका टिमबाट कोष तथा लेखा नियन्त्रक कार्यालयका देवेन्द्र अधिकारीले समग्रमा उत्कृष्ट प्रर्दशन गरी मैन अफ द मैच भएका छन् । सहादत दिवसको अवसर पारी शहिदहरुको सम्मानमा सकारात्मक परिर्वतन गर्नुका साथै एकताको सन्देश दिने मन्सायले मधेश आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरी हाल अमेरीका बसोबास गर्दै आएका युवा विधार्थी नेता प्रकास भाई मधेशीयाको आर्थिक सहयोगमा प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगिता आयोजनाको सहजिकरण नेपाल पत्रकार महासंघ रौतहट शाखाले गरेको थियो भने कार्यक्रमका प्रमुख अतिथी मधेश प्रदेशका सभासद राम किशोर यादव रहेका थिए ।

चर्चामा

सम्बन्धित समाचार