बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • भारमा बसेका नेपालीको हकमा को बोल्यो?

भारमा बसेका नेपालीको हकमा को बोल्यो?

  • बिहिबार, माघ ६, २०७८
भारमा बसेका नेपालीको हकमा को बोल्यो?

सुरेशकुमार पान्डे — नेपालमा राजनीति गर्ने कुन पार्टीले हाम्रो पक्षमा आवाज उठायो?हामि भारतमा शान्ति तथा मैत्री सन्धिको तहत आएर भारतका गल्लि कोठी र होटेल,लगायतका ठाउँमा अहिलेपनि कार्यरतछौं।कसैकसैले आफ्नो बलबुतामा सरकारी काम पाएका हुन्छौं।कसैले ठेक्का पट्टा र कतिपयले आफ्नो सानोतिनो पेसा गरेर जीवन यापन गरेकाछौं।
भारतमा खास गरेर दुई प्रकारका नेपालीहरू भेटिन्छन पहिलो नेपाल मूलका भारतिय नागरिक जो सुगौलिको सन्धि बाट जमिन सँगै आएकाथिए।आर्को हामि जो मैत्रि सन्धिको तहत आयौं।हामि दुबै खाले नेपालीहरूको लगभग एकैनासे समस्याहरू भेटिन्छन।त्यो के भने स्थानिय बासिन्दाहरूले गोर्खे बहादुर भनेर ह्याप्ने र बिदेशी सरह ब्यबहारगर्नाले नेपाल बाट आफ्नो जमिन सँग आएका नेपालीहरूको पनि दयानिय अबस्था छ केहि बर्ष पहिले आसामबाट सवा लाख जति नेपालीलाई बिदेशी भन्दै त्यंहाको सरकारले डोकोमेन्ट मागेकोथियो।
त्यो भन्दा पहिले मेघालय बाट सन१९८६मा सयौं त्यंहा बसोबास गर्दै आएका नेपाली हरूलाई अमानविय तरिका बाट खेदेको थियो।कति पय अबस्थामा भारतमा रहेका नेपालीहरू सँग ईलिजिविलिटी र डोमोसाईल प्रमाण पत्र माग्ने र दुःख दिने गरिन्छ।हामिले सन १९७९देखि भई आईपरेका समस्याहरू सँग जुझ्न अखिल भारत स्तरको एउटा संगठन बनाएर भारत स्थित नेपालीहरूको हक हित र शुरक्षाको आवाज उठाउँदै सन १८१५-१६को सुगौलिको सन्धि बाट आएका नेपालीहरूलाई भारतिय नागरिक सरह ब्यबहार गर्न माग गर्दै उनिहरूको भाषा समेतलाई भारतमा लागुगर्न माग गर्दै आयौं।सन १९५०को शान्ति तथा मैत्रि सन्धिको तहत आएका नेपालीहरूलाई उक्त सन्धि द्वारा प्रोज्वलित अधिकार मुहाईया गराउँन शंघर्ष गर्दै आएकाछौं।
यो कार्यामा भारत स्थित नेपालीहरूको साथ सहयोग गर्दै आएको राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल)ले लगातार भारतस्थित नेपाली हरूको हक हित रक्षा शुरक्षाको माग गर्दै संसद र सडकमा समेत साथ दिंदै आएकोछ।
त्यसकारणले हामिले राजमोका तमाम राष्ट्रिय अन्तरराष्ट्रीय स्तरका जनपक्षिय कृयाकलापमा साथ र समर्थन गर्दै आएकाछौंँ।
देशभित्र गणतन्त्रको संगसँगै संघियता आएपछि त्यो देशको हितमा छैन र त्यसलाई बिरोध गरेर खारेज गर्नुपर्छ भन्ने राजमोको निर्णय भयपछि भारतस्थित नेपालीले त्यो कार्यक्रमलाई आर्थिक नैतिक र भौतिक साथ दिएको थियो।जो बाह्र दिन सम्म काठमाण्डौ केन्द्रित आन्दोलनमा भारतबाट समेत मूलप्रवाह नेपाली का नेता कार्यक्रताको सहभागिता थियो।अहिले पनि हामिले संघियताको बिरोध गर्दै आएकाछौंँ।
साथै अहिले गतबर्ष सन२०१७मा हश्ताक्षर गरिएको एमसीसीको लगातार बिरोध र भण्डाफोर्ड गर्दै आएको कुरा कसैबाट लुकेकोछैन।अहिले पनि त्यो एम सीसीको राजमोले लगातार भण्डाफोर्ड गर्दै आएकोछ।साथै सुरू देखिनै भारतिय अतिक्रमणको बिरोधमा लगातार संघर्स गर्दै आएकोछ।
बिगतमा ओलिको सरकारलाई समर्थन दिंदै आएको वेला ओलिको सरकारले पुसको पाँच गते गरेको संसद बिघटन पछि उन्ले बारमबार असम्बैधानिक र अधिनायकवादी प्रतिगामि पाईला चाल्दै आएकोले उन्को त्यो कदमलाई रोक्नू देशको हितमा हुनथ्यो र त्यसैको लागि ओलिको प्रतिगामि पाईलाको बिरोधमा अगाडि राजनीतिक शक्तिहरू सँग मिलेर नै ओलिको त्यो कदमलाई रोक्न सकिनथ्यो र राजमोले त्यहि नीति अप्नाएकोहो।
नेपाली कांग्रेस सहितको गठबन्धन सरकारलाई भाईर बाट साथ दिने जुन निर्णयगरेको थियो त्यो आलोचनात्मक समर्थननै हो।नराम्रो कामको आलोचना गर्ने र सरकारलाई समर्थन गर्ने गुण र अपगुणको आधारमा समर्थन र बिरोधको नीति अबलम्बन गरेको थियो त्यो नीति सहिथियो।
अहिले राजमो आफ्नो नीतिमा अडिगछ जस्ले लगातार भारतिय पक्षबाट भएको अतिक्रमणको बिरोध गर्दै आएकोछ र एमसीसी समेतलाई पुरै जोडदार रूपमा बिरोधगर्दै आएकोछ।नेकपा मसाल र राजमोको अलावा अहिले सम्म भारत स्थित नेपालीहरूको आवाज कसले उठायो?सबै पार्टीका जनबर्गिय संगठन भारतमा पनिछन तर कसैले पनि ससक्त पैरवी गरेर भारतस्थित नेपालीको लागि संसदमा वा सडकमा कसैले उठाउँन सकेकोछैन।मात्र नेकपा मसाल वा राष्ट्रिय जनमोर्चाले दुबै प्रकारका नेपालीहरूको पक्षमा आवाज उठाउँदै आएकोछ।त्यो मात्रै होईन सन १९५०को असमान सन्धिको पनि खारिजिको माग गर्दै आएकोछ र यहि सन्धि बाट यो भन्दा पहिलेका सबै सन्धि पत्र कवुलियतनामा हरूको खारेजि भैसकेकोले त्यो सुगौलिको सन्धिबाट काटिएको भुभागको माग गर्दै पनि आएकोछ।सन १९५०को सन्धिको धारा आठले यो भन्दा पहिलेका सबै सन्धि पत्र कवुलियत नामहरूलाई खारिज गरिसकेकोछ तर पनि नेपाली साशकहरूको दब्बु र दलालि मानसिकताले त्यो कार्य त सफल हुन सकेन बरू कालापानी को समस्यसमेत झनपछि झन बल्झिंदै गएकोछ।अहिलेको अबस्थामा सबै देशभक्त शक्तिहरू मिलेर देशलाई साम्राज्यहरू बाट जोगाउँनु पर्दछ।साथै अहिले भारत स्थिथ नेपालीहरूको दयानिय अबस्थाछ यँहा भारतिय डोकोमैन्ट आधार काड पेन काड बिना सामन्य ग्यास सिलेन्डर समेत पाईदैन त्यो मात्रै होईन किरायामा क्वटर समेत पाईदैन,नोकरीको त टाडैको कुराहो।अहिले ओमिक्रोन फैलिंदै गएको अबस्थामा भारत स्थित नेपालीहरूलाई संगठनकै सहयोगबाट डोजहरू लगाउन मद्त गरियो।बिगतका भयभाव अबस्था फेरी सिर्जित नहौश भनेर सचेत र संगठित हुनुपर्ने आबस्याकताछ।अहिले सम्म जब भोटका कुरा गर्दा पहिलि लाहुरेहरूलाई फकाउँछन तर अहिले सम्म राजमो बाहेक कुन पार्टीले हाम्रो हितका कुरा गर्छ?यसबारे पार्टीहरूले आ-आफ्नो घोषणा पत्रमा सार्वजनिक गर्न सक्छन तर ब्यबहारमा उनिहरू निस्क्रियछन।

चर्चामा

सम्बन्धित समाचार