शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • फुटबल
  • प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड र टोटनह्यामको रोचक जित

प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड र टोटनह्यामको रोचक जित

  • बिहिबार, माघ ६, २०७८
प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड र टोटनह्यामको रोचक जित

काठमाडौं — इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले शानदार जित दर्ता गरेको छ ।

बे्रन्टफोर्डसँग अबे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले ३–१ गोल अन्तरको जित निकालेको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको ब्रेन्टफोर्डले दोस्रो हाफमा तीन गोल खाएको हो । म्यानचेस्टरको जितमा खेलको ५५ औँ मिनेटमा एलान्गा, ६२ औँ मिनेटमा ग्रीनवूड र ७७ औँ मिनेटमा राशफोर्डले गोल गरे । ब्रेन्टफोर्डका लागि सान्तवना गोल टोनीले ८५ औँ मिनेटमा फर्काए ।

त्यसैगरी गएराति नै भएको अर्को खेलमा टोटनह्याम विजयी भएको छ । लेस्टर सिटीलाई ३–२ ले पराजित गर्दै टोटनह्याम विजयी भएको हो ।

सुरुवाती अग्रता लिएको लेस्टर सिटीमाथि खेलको ३८ औँ मिनेटमा ह्यारी केन र इन्जुरी समयको पाँच र सात मिनेटमा बेर्ग्विज्नले गोल गरेपछि टोटनह्यामले रोचक जित दर्ता गरेको हो ।

लेस्टर सिटीका लागि २४ औँ मिनेटमा डाकाले सुरुवाती अग्रता दिलाएका थिए भने ७६ औँ मिनेटमा म्याडिसनले गोल गरेका थिए ।

यो जितसँगै पाँचौं स्थानमा पुगेको टोटनह्यामले १९ खेलबाट ३६ अंक बनाएको छ भने म्यानचेस्टर युनाइटेड सातौँ स्थानमा छ ।

चर्चामा

सम्बन्धित समाचार